काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । उपचारका निम्ति बुधबार (फागुन १३) राति उनी त्यसतर्फ गएका देउवाको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार, देउवा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअघि नै स्वदेश फर्कनेछन् । उनी यसपालि चुनावी प्रतिस्पर्धामा छैनन् ।
“नियमित स्वास्थ्य जाँच गराउन जानुभएको हो,” सचिवालय स्रोतले भन्यो, “चार दिनपछि फर्कनुहुनेछ ।”