Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

काबुलमा बमबारी, पाकिस्तानले गर्‍यो अफगानिस्तानविरुद्ध युद्धको घोषणा


१५, फागुन २०८२
  • 85
    SHARES
  • काबुलमा बमबारी, पाकिस्तानले गर्‍यो अफगानिस्तानविरुद्ध युद्धको घोषणा

    काठामाडौं । पाकिस्तानले काबुलसहित अफगानिस्तानका प्रमुख सहरमा शुक्रबार बमबारी गरेको छ । महिनौँदेखिको प्रतिशोधात्मक झडपपछि इस्लामाबादका रक्षामन्त्रीले छिमेकीबीच ‘खुला युद्ध’ सुरु भएको घोषणा गरेका छन् ।

    पाकिस्तानले अफगान राजधानी काबुल, तालिबान अधिकारीको दक्षिणी शक्तिकेन्द्र कान्दाहारमा हवाई आक्रमण गरेको छ । यी दुई छिमेकीबीचको सम्बन्ध हालैका महिनामा निकै चिसिएको छ । गएको अक्टोबरमा दुवै पक्षका ७० भन्दा बढी मानिस मारिने गरी भएको लडाइँपछि स्थल सीमानाका प्रायः बन्द छन् ।

    इस्लामाबादले अफगानिस्तानमाथि पाकिस्तानमा आक्रमण गर्ने चरमपन्थी समूहविरुद्ध कारबाही गर्न असफल भएको आरोप लगाउँदै आएको छ । तालिबान सरकारले यसलाई अस्वीकार गर्दै आएको छ ।

    “काबुल, पक्तिया (प्रान्त) र कान्दाहारमा रहेका अफगान तालिबानका रक्षा लक्ष्यलाई निसाना बनाइएको छ,” पाकिस्तानी सूचनामन्त्री अताउल्लाह तरारले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

    रक्षामन्त्री ख्वाजा आसिफले तालिबान सरकारसँग ‘पूर्ण मुठभेड’को घोषणा गरेका छन् । “हाम्रो धैर्यको सीमा नाघेको छ । अब हामी र तपाईंहरूबीच खुला युद्ध सुरु भएको छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

    पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले आफ्नो देशको सशस्त्र सेनासँग ‘कुनै पनि आक्रामक महत्त्वाकांक्षालाई कुल्चने पूर्ण क्षमता’ रहेको बताएका छन् ।

    अफगान राजधानीमा एएफपीका पत्रकारहरूले धेरै घण्टासम्म लडाकु विमानको आवाज र कैयौँ ठूला विस्फोट सुनेका थिए । त्यसलगत्तै गोली चलेको आवाज पनि सुनिएको थियो ।

    अफगानिस्तानको दक्षिणी सहर कान्दाहारमा सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादा बस्छन् । त्यहाँ रहेका एएफपीका संवाददाताले आफ्नो टाउकोमाथि लडाकु विमानहरू उडेको आवाज सुनेको बताएका छन् ।

    तालिबान सरकारले पाकिस्तानी हवाई आक्रमणको पुष्टि गरेको छ । प्रवक्ता जबिहुल्लाह मुजाहिदले यसमा कुनै मानवीय क्षति नभएको बताएका छन् । उनले यसअघि ‘पाकिस्तानी सेनाले पटक–पटक गरेको उल्लंघनको जवाफमा’ सीमामा ‘ठूलोस्तरको आक्रामक कारबाही’ सुरु गरिएको घोषणा गरेका थिए ।

    अफगान रक्षा मन्त्रालयले जमिनबाट गरिएको आक्रमणमा आफ्ना आठ सैनिक मारिएको जनाएको छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend