Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

इन्जिनियर र ठेकेदारलाई रुखमा बाँधेर देश बन्दैन : विश्वप्रकाश शर्मा


१६, फागुन २०८२
  • 78
    SHARES
  • इन्जिनियर र ठेकेदारलाई रुखमा बाँधेर देश बन्दैन : विश्वप्रकाश शर्मा

    गुल्मी । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले इन्जिनियर, निर्माण व्यवसायी र श्रमिकलाई दोषी देखाउँदै रुखमा बाँधेर देश नबन्ने बताएका छन् ।

    गुल्मी क्षेत्र नम्बर १ मा आयोजित चुनावी सभामा शर्माले रास्वपा नेता बालेन शाहलाई लक्षित गर्दै प्राविधिक जनशक्ति र श्रमिकलाई अपमान गर्ने शैली गलत भएको टिप्पणी गरेका हुन् ।

    उनले उत्तेजनामा आएर भाषण गर्दैमा देश नबन्ने स्पष्ट पारे । शर्माले देश निर्माणका लागि स्पष्ट दृष्टिकोण, योजनाबद्ध कार्यशैली र निरन्तर परिश्रम आवश्यक पर्ने बताए ।

    पैसामात्रै भएर देश बन्दैन, देश बनाउन सोच र संकल्प चाहिन्छ, उनले बताए । नेपाली कांग्रेसले विकास निर्माणका कामलाई तीव्रता दिन तीन सिफ्टमा काम गर्ने योजना अघि सारेको बताए ।

    पहिले १० वर्षमा सकिनुपर्ने काम ३० वर्ष लागेको बताउँदै उनले अब दिन-रात तीन सिफ्टमा काम गरेर ३० वर्षको काम १० वर्षमै सक्ने बेला आएको उनको भनाइ छ ।

    नेपालमा प्रचलित सूर्य अस्त, नेपाल मस्त भन्ने सोच त्यागेर उत्पादनशील र परिणाममुखी कार्यसंस्कृति अपनाउनुपर्नेमा उनले जोड दिए । देशलाई अघि बढाउन सबै क्षेत्रको सहकार्य, सकारात्मक सोच र कडा मेहनत आवश्यक रहेको उनको भनाइ थियो ।

    कांग्रेस बदलिएको सोचसहित आएकाले मतदातालाई उम्मेदवारको पक्षमा लाग्न आग्रह गरे ।

    कार्यक्रममा नेपाली कांग्रेसका नेता गुल्मी १ का प्रतिनिधि सभा उम्मेदवार डा चन्द्र भण्डारीलगायत प्रदेश जिल्ला स्तरका नेताहरूले सम्बोधन गरेका थिए ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend