Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सहकारी पीडितलाई न्याय र ल्याण्डफिल समस्याको समाधान गर्छौं : किरण किशोर घिमिरे


१६, फागुन २०८२
  • 108
    SHARES
  • सहकारी पीडितलाई न्याय र ल्याण्डफिल समस्याको समाधान गर्छौं : किरण किशोर घिमिरे

    घोराही l दाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार किरण किशोर घिमिरेले नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारले सहकारी पीडितहरूलाई न्याय दिलाउने प्रतिबद्धता जनाएका छन्।

    शनिवार नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नं. १६ इकाईले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै घिमिरेले आफूहरू सुशासन र पारदर्शिताको पक्षमा दृढ रहेको बताए।

    सुशासनको नाममा जनताको बचत हिनामिना गर्ने प्रवृत्तिविरुद्ध कडा कदम चालिने उनको भनाइ थियो। उनले कांग्रेसको प्रतिज्ञापत्रअनुसार पाँच लाख रुपैयाँसम्मका साना बचतकर्ताको रकम सरकारको जमानीमा आन्तरिक ऋणपत्र जारी गरी फिर्ता गरिने स्पष्ट पारे।

    साथै, सहकारी ठगीमा संलग्न व्यक्तिहरूको सम्पत्ति जफत गरी बचतकर्ताको रकम फिर्ता गर्ने कानुनी व्यवस्था गरिने उनले बताए। घिमिरेले सहकारीलाई निजी व्यवसायझैं चलाउने, स्वार्थ समूहले कब्जा गर्ने तथा सदस्यहरूको हितविरुद्ध निर्णय गर्ने प्रवृत्तिलाई कानुनी दायरामा ल्याई कारबाही गरिने उल्लेख गरे।

    सहकारीसम्बन्धी अध्ययन कार्यदल तथा संसदीय छानबिन समितिका प्रतिवेदन पूर्ण रूपमा कार्यान्वयन गरी पीडितलाई न्यायको प्रत्याभूति गराइने उनको भनाइ थियो। ल्याण्डफिल साइटको अनुगमन यसैबीच, उम्मेदवार घिमिरेले घोराही उपमहानगरपालिका–१६ स्थित करौती डाँडाको ल्याण्डफिल साइटको निरीक्षण गरेका छन्।

    निरीक्षणका क्रममा नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ का सभापति भीम प्रकाश खड्का, प्रदेश ‘क’ का सभापति प्रकाश श्रेष्ठ तथा प्रदेश ‘ख’ का सभापति अभियान बस्नेत पनि सहभागी थिए।

    स्थानीय बासिन्दाले जथाभावी फोहर व्यवस्थापनका कारण दुर्गन्ध फैलिएको र सङ्क्रमणको जोखिम बढेको गुनासो गरेका थिए। ल्याण्डफिल व्यवस्थापन समितिका सचिव अमर चौधरीले दुई बस्तीको बीचमा रहेको साइटले स्थानीयलाई सास्ती दिएको भन्दै वैकल्पिक स्थान खोज्न माग गरे।

    वडा नं. १६ का अध्यक्ष तारा बहादुर डिसीले ठेक्का प्रवृत्तिका कारण समस्या जटिल बनेको बताउँदै उपमहानगरपालिकामा पटक–पटक आवाज उठाउँदा पनि सुनुवाइ नभएको गुनासो गरे।

    उम्मेदवार घिमिरेले आफू निर्वाचित भएमा स्थानीय तथा सङ्घीय सरकारसँग समन्वय गरी ल्याण्डफिल समस्याको शीघ्र समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। संविधानले सुनिश्चित गरेको स्वास्थ्य अधिकारको संरक्षण गर्न सबै तहका सरकार जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो।

    यसै दिन घोराही–१० मा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी आएका जेनजी पुस्ताका नवयुवासहित ३० भन्दा बढीलाई उनले कांग्रेसमा प्रवेश गराएका थिए। “बदल्यौँ कांग्रेस, बदल्छौँ देश” भन्ने नारासहित कांग्रेसले मात्रै मुलुकलाई सही दिशा दिन सक्ने दाबी गर्दै उनले मतदातालाई सस्तो लोकप्रियतावादी प्रवृत्तिबाट सचेत रहन आग्रह गरे।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend