Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

तामाकोशीमा कांग्रेसको लहर : एमाले र नेकपा त्यागेर प्रभावशाली नेता–कार्यकर्ता प्रवेश


१६, फागुन २०८२
  • 134
    SHARES
  • तामाकोशीमा कांग्रेसको लहर : एमाले र नेकपा त्यागेर प्रभावशाली नेता–कार्यकर्ता प्रवेश

     दोलखा – दोलखाको तामाकोशी गाउँपालिका–जफेमा आयोजित नेपाली कांग्रेसको चुनावी सभामा एमाले र नेकपा परित्याग गरी थुप्रै नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन्।

    बागमती प्रदेशका पूर्व अर्थमन्त्री कुन्दनराज काफ्लेको गृहगाउँ जफेमा आयोजित विशेष सभाले कांग्रेसतर्फ आकर्षण बढेको संकेत दिएको छ। एमालेबाट सविन तामाङ, बामबहादुर महत, लालबहादुर विक र भिम गुरुङ लगायतका नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन्।

    त्यस्तै, नेकपाबाट रामचन्द्र गुरुङ, धनबहादुर कटुवाल र लालबहादुर गुरुङ तथा ‘जेन–जी’ युवा समूहका राजेश खड्का लगायतका युवाहरू पनि कांग्रेसमा आबद्ध भएका छन्। नवप्रवेशीहरूलाई प्रतिनिधिसभा सदस्यका उम्मेदवार अजयबाबु शिवाकोटी, पूर्व अर्थमन्त्री कुन्दनराज काफ्ले र दोलखा कांग्रेसका सभापति वर्मा लामाले खादा तथा माला लगाएर स्वागत गरेका थिए।

    सभालाई सम्बोधन गर्दै उम्मेदवार शिवाकोटीले आफू र काफ्लेबीचको सम्बन्धलाई लिएर फैलाइएका अफवाहहरूको खण्डन गरे। “चुनावका बेला अनेक अफवाह फैलाइन्छन्, तर कुन्दनजी र म दाजुभाइ सरह छौँ। राजनीतिमा सहकार्य पनि हुन्छ भन्ने नबुझेकाहरूले मात्र लडाइँको कुरा गर्छन्।

    हाम्रो आस्था, विचार र दृष्टि एउटै छ,” उनले भने। शिवाकोटीले संविधान र लोकतन्त्रको रक्षा गर्न कांग्रेसले सधैँ नेतृत्वदायी भूमिका खेलेको उल्लेख गर्दै त्यसैको निरन्तरताका लागि आफूहरू चुनावी मैदानमा रहेको बताए।

    उनले मतदातालाई पैसामा किन्न खोज्ने प्रवृत्तिबाट सचेत रहन आग्रह गर्दै मतदानको दिनसम्म सक्रिय अभियान चलाउन कार्यकर्तालाई निर्देशन दिए। पूर्व अर्थमन्त्री कुन्दनराज काफ्लेले दोलखाको समग्र विकास र सुशासनका लागि अजयबाबु शिवाकोटीलाई विजयी गराउन आग्रह गरे।

    उनले भ्रष्टाचार निर्मूल गरी जनताले परिवर्तनको अनुभूति गर्ने वातावरण सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे। जिल्ला सभापति वर्मा लामाले दोलखा कांग्रेस अहिले पूर्ण रूपमा एकढिक्का भएको दाबी गर्दै परिवर्तन र स्थायित्वका लागि ‘रुख’ चुनाव चिह्नमा मतदान गर्न आह्वान गरे।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend