Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

अर्घाखाँचीमा ‘मुस्कान’प्रति बढ्दो समर्थन


१७, फागुन २०८२
  • 135
    SHARES
  • अर्घाखाँचीमा ‘मुस्कान’प्रति बढ्दो समर्थन

    अर्घाखाँची l प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा अर्घाखाँचीमा कांग्रेस उम्मेदवार विष्णुप्रसाद खनाल ‘मुस्कान’को पक्षमा समर्थन विस्तार हुँदै गएको दाबी गरिएको छ ।

    स्थानीय राजनीतिक वृत्तमा ‘मुस्कान’प्रति सकारात्मक माहोल देखिएको बताइन्छ । विगतको आधार, वर्तमानको संकेत २०७९ सालको निर्वाचनमा एमालेका टोपबहादुर रायमाझी ४२,६७५ मतसहित विजयी हुँदा कांग्रेसकी पुष्पा भुसाल ४०,९४५ मतसहित झिनो अन्तरले पराजित भएकी थिइन् ।

    १,७३० मतको अन्तरले जिल्लामा कांग्रेसको बलियो जनाधार रहेको स्पष्ट पारेको थियो । पछिल्लो राजनीतिक घटनाक्रम, विशेषगरी भुटानी शरणार्थी प्रकरणपछि एमालेभित्र देखिएको असन्तुष्टि र आन्तरिक विवादले मत समीकरणमा प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ ।

    त्यस्तै, रास्वपाको ‘घण्टी’ चिन्हप्रति देखिएको प्रवेशले परम्परागत मत आधारमा फेरबदल ल्याउन सक्ने अनुमान गरिएको छ । कांग्रेस अर्घाखाँचीका पूर्वसभापति तथा लुम्बिनी प्रदेश सह–महामन्त्री ‘मुस्कान’ लामो समयदेखि संगठन निर्माणमा सक्रिय रहँदै आएका छन् ।

    नेविसंघबाट राजनीतिक यात्रा सुरु गरेका उनले जिल्लाका ६१ वटै वडामा संगठन सुदृढीकरणमा जोड दिएका छन् । हाल उनी गाउँ–गाउँ र टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवादमा छन् ।

    मतदाताको भनाई अनुसार विकास, सुशासन र स्थानीय मुद्दालाई प्राथमिकतामा राख्दै अघि बढेका कारण ‘मुस्कान’प्रति विश्वास बढेको छ । बदलिँदो राजनीतिक माहोल स्थानीय तहमा कांग्रेसको सक्रिय उपस्थिति, साझा मुद्दामा देखिएको प्रतिबद्धता र पार्टीभित्रको एकताले पनि जनाधार विस्तार भएको दाबी गरिएको छ।

    केही राजनीतिक विश्लेषकहरूका अनुसार यसपटक मतदाताको झुकाव परिवर्तनतर्फ देखिएको छ, जसले निर्वाचन परिणाममा निर्णायक भूमिका खेल्न सक्छ ।

    एमालेका उम्मेदवार पीताम्बर भुसालसँग प्रतिस्पर्धामा रहेका ‘मुस्कान’को पक्षमा बढ्दो समर्थन, विपक्षी दलभित्रको असन्तुष्टि र नयाँ राजनीतिक समीकरणका संकेतले अर्घाखाँचीको चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ ।

    निर्वाचन मिति नजिकिँदै जाँदा जिल्लाको राजनीतिक तापक्रम झन् बढिरहेको छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend