Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

चुनावी नारामै सीमित अर्घाखाँचीका ठूला आयोजना, मतदाता निराश


१७, फागुन २०८२
  • 138
    SHARES
  • चुनावी नारामै सीमित अर्घाखाँचीका ठूला आयोजना, मतदाता निराश

    अर्घाखाँची l आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा अर्घाखाँचीमा चुनावी माहोल तातेको छ।

    घरदैलो, चुनावी सभा र मतदाता भेटघाट कार्यक्रम तीव्र बन्दै गएका छन्। उम्मेदवारहरू विभिन्न नारा र प्रतिबद्धता सार्वजनिक गर्दै मत मागिरहेका छन्। तर, वर्षौंदेखि अधुरा रहेका जिल्लाका ठूला तथा जनअपेक्षित आयोजना भने पुनः चुनावी नारामै सीमित भएको भन्दै स्थानीय मतदाताले गुनासो गरेका छन्।

    शितगंगा नगरपालिका–७ (अर्घाखाँची) र सरुमारानी गाउँपालिका–३ (प्यूठान) मा पर्ने नौमुले बहुउद्देश्यीय जलविद्युत आयोजना, सन्धिखर्क नगरपालिका–१० स्थित अर्घा भगवती विमानस्थल, अर्घाखाँची जिल्ला अस्पतालको स्तरोन्नति, तथा गोरुसिङ्गे–सन्धिखर्क सडक स्तरोन्नति जस्ता आयोजना वर्षौंदेखि अलपत्र अवस्थामा छन्।

    यी आयोजना पञ्चायतकालदेखि नै चुनावी एजेन्डा बन्दै आए पनि कार्यान्वयनमा भने उल्लेख्य प्रगति हुन सकेको छैन। २०४३ सालमा सर्वेक्षण सम्पन्न गरिएको नौमुले आयोजना नेपालकै नमुना परियोजनाका रूपमा चिनिएको थियो।

    उक्त आयोजनाबाट २८१ मेगावाट विद्युत उत्पादनसँगै कपिलवस्तु, दाङ र बाँकेका करिब ८२ हजार हेक्टर खेतीयोग्य जमिन सिँचाइ गर्ने लक्ष्य राखिएको थियो। तर सरकार परिवर्तन र राजनीतिक अस्थिरताका कारण आयोजना अघि बढ्न नसकेको जानकारहरू बताउँछन्।

    अर्घाखाँची एक मात्र संघीय निर्वाचन क्षेत्र हो। यहाँबाट पटक–पटक निर्वाचित भएका टोपबहादुर रायमाझी उपप्रधान तथा ऊर्जामन्त्रीसमेत बन्नुभएको थियो। उहाँकै कार्यकालमा शितगंगा–७ लामातालमा नौमुले आयोजनाको कार्यालय उद्घाटन गरिए पनि पर्याप्त बजेट अभाव देखाउँदै कामले गति लिन सकेन। हाल उहाँ भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा हुनुहुन्छ।

    स्थानीयवासी जुनबहादुर पुलामी भन्छन्, “जुनसुकै पार्टीका नेता लामाताल पुगेर नौमुले आयोजना सञ्चालन गर्ने र रोजगारी सिर्जना गर्ने आश्वासन दिन्छन्, तर सत्तामा पुगेपछि कसैले चासो दिँदैन।” उनका अनुसार ३९ वर्षदेखि यो आयोजना चुनावी नारा बन्दै आएको छ।

    त्यस्तै, सन्धिखर्क–१० मा निर्माणाधीन अर्घा भगवती विमानस्थलको धावनमार्ग निर्माणपछि काम ठप्प छ। आवश्यक बजेट नपुगेको भन्दै अन्य संरचना निर्माण अघि बढ्न सकेको छैन। हाल उक्त स्थान सवारी साधन सिक्ने स्थलका रूपमा प्रयोग भइरहेको छ।

    जिल्लाको एकमात्र सरकारी अस्पतालको सुविधा सम्पन्न भवन निर्माण तथा विशेषज्ञ सेवा विस्तारका लागि डिपिआर सम्पन्न भएको वर्षौंदेखि कार्यान्वयनमा आउन सकेको छैन।

    भवन अभावकै कारण दैनिक सयौँ बिरामी सेवा लिनबाट वञ्चित हुने गरेको अस्पतालका सूचना अधिकारी निमबहादुर रानाले जानकारी दिनुभयो। ठूला तथा जनअपेक्षित आयोजना चुनावी भाषणमै सीमित रहँदा स्थानीयमा दल र नेताप्रतिको विश्वास दिनप्रतिदिन घट्दो देखिन्छ। यसपटकको निर्वाचनले अर्घाखाँचीका अधुरा सपना पूरा गर्ने नेतृत्व छान्न सक्ला कि भन्ने चासो सर्वत्र व्यक्त भइरहेको छ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend