Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

निर्वाचनमा भाग लिन र कांग्रेसलाई जिताउन पूर्णबहादुर खड्काको अपिल


१७, फागुन २०८२
  • 93
    SHARES
  • निर्वाचनमा भाग लिन र कांग्रेसलाई जिताउन पूर्णबहादुर खड्काको अपिल

    काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन र नेपाली कांग्रेसलाई जिताउन अपिल गरेका छन् । खड्काले सामाजिक सञ्जालमा आइतबार लेख्दै कांग्रेसलाई जिताउन अपिल गरेका हुन् ।

    ‘फागुन २१ गते बिहान ७ बजे देखि सुरु हुने मतदानमा  कर्णाली प्रदेशलगायत सातै प्रदेशका देशभरिका सबै मतदान केन्द्रमा जानुभइ प्रनिधिसभाको प्रत्यक्ष र समानुपातिक तर्फका दुवै मत पत्रमा हाम्रो पार्टी नेपाली कांग्रेसको ऐतिहासिक चुनाव चिन्ह रुखमा आफ्नो बहुमुल्य मतको  स्वस्तिक छापको लालमोहर लगाइ भारी बहुमतका साथ विजयी गराइ दिनुहुन हृदयदेखिनै हार्दिक विनम्र अनुरोध गर्दछु,’ खड्काले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

    खड्काले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण र निष्पक्ष सम्पन्न हुनुपर्ने पनि बताएक छन् । खड्काले प्रत्यक्ष र समानुपातिक दुवै मतपत्रमा रूख चुनाव चिन्हमा मतदान गर्न पनि आग्रह गरेका छन् ।

    गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट आफूहरूको सहमति बेगर तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नयाँ नेतृत्व चयन गरेपछि कांग्रेसका विवाद छ ।

    १४ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा र डा. शेखर कोइराला समूह विशेष महाधिवेशनविरुद्ध सर्वोच्च अदालत गएको छ । त्यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । 

    यो निर्वाचनमा अहिलेसम्म निवर्तमान सभापति देउवा, नेता खड्कासहितका केही नेता प्रचार प्रसारमा सहभागी भएका छैनन् । यही सन्दर्भमा खड्काको अपिल आएको हो ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend