Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

शान्त, स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै निकायको पूर्ण तयारी, मतदातालाई निर्धक्क मतदानमा सहभागी हुन आग्रह


१९, फागुन २०८२
  • 1,326
    SHARES
  • शान्त, स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै निकायको पूर्ण तयारी, मतदातालाई निर्धक्क मतदानमा सहभागी हुन आग्रह

    अर्घाखाँची - अर्घाखाँचीमा निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको छ । निर्वाचन मतपेटी लगायतका सम्पुर्ण सामाग्री तथा निर्वाचन कर्मचारी मतदान केन्द्रमा पुगीसकेका छन् ।

    निर्वाचन सम्पन्न गर्नको लागि कुल १२ सय ६२ कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले जानकारी दिनुभयो । मौन अवधिको समयमा हुनसक्ने आचारसंहिता उल्लग्नका घटनालाई कम गर्न सुक्ष्म अनुसन्धान गरीएको पाण्डेले बताउनुभयो ।

    आज रीपोटर्स क्लव नेपाल लुम्विनी द्धारा सन्धिखर्कमा आयोजित निर्वाचन बिशेष साक्षात्कार कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनुभएको हो । अपाङ्गता भएका, ज्येष्ठ नागरिक, असहाय तथा अशक्त मतदातालाई सहज रूपमा मतदान गर्न विशेष व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

    उहाँले निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताउँदै मतदातालाई निर्धक्क भई मतदानमा सहभागी हुन आग्रह गर्नुभयो । निर्वाचनका लागि सबै निकायको पूर्ण तयारी रहेको जानकारी दिनुभयो ।

    निर्वाचन मतपेटी लगायतका सम्पुर्ण सामाग्री तथा निर्वाचन कर्मचारी मतदान केन्द्रमा पुगीसकेको प्रमुख निल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी दिनुभयो । २ सय ११ मतदान केन्द्रमा सामग्री पुगीसकेको छ ।

    मतदान केन्द्र मध्ये थाई १ सय ९ र २ अस्थायी रहेको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनुभयो । अस्थायी मतदान केन्द्रमा समानुपातीक मतदान हुने छ । मतदान केन्द्रको अबस्था हेरेर सुरक्षा व्यबस्था पुर्ण गरीएकाले भयरहित र निस्पक्ष निर्वाचन गराउन कुनै कसर बाकी नराखिएकोले निर्धक्क भएर मतदानमा सरीक हुन सबैलाई आग्रह गर्नुभयो ।

    एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लाको सुरक्षा अवस्था बुझन अधिकांश ठाँउमा आफुहरु पुगिसकेकाले सुरक्षाको लागि कुनै समस्या नरहेको र मतदाताले ढुक्कका साथ मतदानमा सरीक भई आफ्नो मतको प्रयोग ढुक्कसंग गर्न सक्नेछन् ।

    निर्वाचन सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान तथा निर्वाचन प्रहरी परिचालन गरिएको छ । जिल्लामा १ लाख ७१ हजार ६सय ६२ मतदाता संख्या रहेको छ ।

    कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयको प्रमुख बुद्ध प्रकास पौडेल, सेनानी रीक्की पाण्डे राष्ट्रिय अनुसन्धान जिल्ला प्रमुख विजय चर्तुबेदी,शसस्त्र प्रहरी प्रमुख योगराज दाहाल, , जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस बहादुर जिसी, सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराई,नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रेमनारायण आचार्य,बरिष्ट पत्रकार बिष्णु भुसाल,असोक खनाल, लगायत जिल्लास्थित सुरक्षानिकायका प्रमुख तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

    रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनालको स्वागत मन्तव्य र पत्रकार नवीन केसीले सञ्चालन गर्नुभएको थियो । ‘शान्त, स्वच्छ र निष्पक्ष निर्वाचन’को सन्देशसहित आयोजित उक्त साक्षात्कार कार्यक्रमले निर्वाचन तयारीबारे जनस्तरमा स्पष्ट सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ ।

    4e3ec518-0d65-4a4b-8d3b-66ebc23c3d77.jpg

     

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend