Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

भोलि हुने मतदानको आवश्यक तयारी अन्तिम चरणमा


२०, फागुन २०८२
  • 104
    SHARES
  • भोलि हुने मतदानको आवश्यक तयारी अन्तिम चरणमा

    काठमाण्डौ — भोलि हुने मतदानका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ ।

    निर्वाचन आयोगका अनुसार छिटपुटबाहेक सबैजसो तयारी सकिएको छ । चुनाव सुरक्षार्थ परिचालन गरिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागसहितको एकीकृत सुरक्षा टोली ७७ वटै जिल्लाका मतदान केन्द्रमा परिचालन भएको छ ।

    सबै मतदान केन्द्रमा निर्वाचन सामग्री र कर्मचारी पुगिसकेका छ । बुथ निर्माण, सामग्री व्यवस्थापन र सर्वदलीय समन्वयका काम भैरहेको छ । हिमाली जिल्ला डोल्पाका २० र हुम्लाका ४ गरी २४ दुर्गम ठाउँमा हेलिकोप्टरमार्फत सामग्री ढुवानी गरिएको छ ।

    दुर्गम क्षेत्रमा कर्मचारी र सुरक्षाकर्मी समेत खटिसकेका छन् । चुनावलाई शान्तिपूर्ण र सौहार्दपूर्ण बनाउन प्रदेश, जिल्ला, पालिका र वडा तहसम्म सर्वदलीय बैठक सम्पन्न भइसकेको छ ।

    सुरक्षा निकायका अनुसार अहिलेसम्म चुनाव बिथोल्ने प्रयासमा संलग्न १ सय ७६ जनालाई पक्राउ गरिएको छ । कतिपय स्थानमा नक्कली शंकास्पद वस्तु फेला परेपनि सुरक्षा संयन्त्रले निष्क्रिय पारेको छ ।

    निर्वाचन आयोगले गाडी पासको दुरुपयोग नगर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडान आवश्यकताअनुसार सञ्चालन हुने जनाएको छ । सार्वजनिक बिदाका कारण वित्तीय सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले चुनाव अवधिमा आवश्यक बैंकिङ सेवा सञ्चालनको व्यवस्था मिलाइएको छ ।

    समग्रमा सुरक्षा, प्रशासनिक समन्वय, सामग्री व्यवस्थापन र मौसमको अनुकूल अवस्थाका कारण चुनावको तयारी लगभग पूरा भएको छ । मौसमले पनि मतदानको दिन भोलि ठूलो प्रभाव नपार्ने पूर्वानुमान गरिएको छ । भोलि पानी पर्ने सम्भावना छैन । पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली भए पनि समग्रमा मौसम सफा रहने मौसमविद्ले बताएका छन् ।

    भोलि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ । निर्वाचन आयोगले ढुक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरेको छ । यसपटक कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । निर्वाचन आयोगले देशभर १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ वटा मतदान केन्द्रहरूको व्यवस्था गरेको छ ।

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान प्रक्रियालाई सहज र छिटो बनाउन आवश्यक व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँका अनुसार आयोगले महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरेको छ भने वृद्धवृद्धा, सुत्केरी, अशक्त र अपाङ्गता भएका व्यक्तिहरूका लागि लाइनमा बस्न नपर्ने गरी प्राथमिकताको व्यवस्था समेत गरेको छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend