Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

चुनाव विरोधी गतिवधि गर्नेलाई सीधै अदालतमा पेश गर्छाैँ : गृहमन्त्री अर्याल


२०, फागुन २०८२
  • 96
    SHARES
  • चुनाव विरोधी गतिवधि गर्नेलाई सीधै अदालतमा पेश गर्छाैँ : गृहमन्त्री अर्याल

    काठमाण्डाै – गृहमन्त्री ओमप्रकाश अर्यालले भोलि हुने चुनावका लागि देशभर पूर्ण सुरक्षाको प्रत्याभूति गरिएको बताउनुभएको छ । चुनाव स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण तयारी पूरा गरेको उहाँको भनाइ छ ।

    गृहमन्त्री अर्यालले मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन अपील गर्नुभएको छ । सरकारले एकीकृत सुरक्षा योजना पारित गरी त्यसकै आधारमा सुरक्षा संयन्त्रहरू परिचालन गरिसकेको छ र देशभरका सबै मतदान स्थलहरूमा सुरक्षाकर्मीहरू पुगिसकेका छन् ।

    मतदानपछि मतपेटिका ढुवानीका लागि पनि स्पष्ट मापदण्ड तयार गरिएको छ । गाडीमा अगाडि चालक र मतदान अधिकृत, बीचमा मतपेटिका, त्यसपछि प्रहरी र सबैभन्दा पछाडि उम्मेदवारका प्रतिनिधि रहने व्यवस्था छ । मतपेटिका बोकेको गाडीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्कर्टिङ गर्नेछन् र आवश्यक परेमा नेपाली सेनाले पनि सहयोग गर्ने व्यवस्था मिलाइएको छ ।

    चुनावमा उच्छृङ्खल गतिविधि गर्नेमाथि कडा कारबाही हुने गृहमन्त्रीले स्पष्ट पार्नुभएको छ । उहाँले भन्नुभयो, ‘त्यस्ता गतिविधि देखिए हामी नियन्त्रणमा मात्र लिँदैनौँ । कानूनी कारबाही गर्छौँ, अनुसन्धान र अभियोजन गरेर अदालतमा पेश गर्छौँ । दोषीहरू दण्डको भागिदार बन्नुपर्छ ।’

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend