Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण र व्यवस्थित मतदान : निर्वाचन पर्यवेक्षण समिति


२१, फागुन २०८२
  • 78
    SHARES
  • छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण र व्यवस्थित मतदान : निर्वाचन पर्यवेक्षण समिति

    काठमाण्डाै – निर्वाचन पर्यवेक्षण समिति नेपाल (जिओक) ले प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा मतदान सम्पन्न भएको जनाएको छ ।

    चुनावकाे प्रारम्भिक अनुगमनपछि समितिले काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै निर्वाचन व्यवस्थापन र मतदाताको व्यवहारमा विगतको तुलनामा सुधार आएको निष्कर्ष निकालेको हो । चुनावमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र सबै वर्ग तथा समुदायका मतदाताहरूको उत्साहवर्द्धक सहभागिता देखिएको छ ।

    विगतका चुनावकाेहरूको तुलनामा यस पटक राजनीतिक दल, उम्मेदवार र मतदाताहरूको व्यवहार बढी संयमित, सहयोगी र शान्त पाइएको पर्यवेक्षणले देखाएको छ । मतदान केन्द्रहरूमा कर्मचारी र दलका प्रतिनिधिहरूबीच पनि सौहार्दपूर्ण वातावरण रहेको पाइएको छ ।

    जिओकले ३६ जिल्लाका २ सय ५० पालिकामा राष्ट्रिय तथा जिल्लास्तरका गरी ४०० पर्यवेक्षक परिचालन गरेको थियो । समितिको प्रारम्भिक प्रतिवेदनअनुसार धेरैजसाे मतदान केन्द्रहरू तोकिएको समय बिहान ७ बजेदेखि नै सञ्चालनमा आएका थिए ।

    मतदाता शिक्षा र सूचनाको अभाव

    पर्यवेक्षणका क्रममा मतदाताहरूमा उम्मेदवार र चुनाव चिह्नबारे आधारभूत सूचनाको कमी रहेको पाइएको प्रतिवेदनमा उल्लेख छ । मतदाता शिक्षा र सूचना सम्प्रेषण पद्धति प्रभावकारी नहुँदा कतिपय मतदाताहरूमा अन्योल देखिएको विज्ञप्तिमा उल्लेख छ । उम्मेदवारहरूले आफ्नो चिह्नबारे निश्चित ढङ्गले सूचना प्रसार गर्न नसक्दा मतदातालाई विवेकपूर्ण मत सङ्केत गर्न कठिनाइ भएको समितिकाे भनाइ छ ।

    देखिएका समस्या र चुनौती

    शान्तिपूर्ण मतदान भए पनि केही प्राविधिक र व्यवस्थापकीय समस्याहरू देखिएका छन् । टाढाबाट आउनुपर्ने मतदाताहरू गाडीको अभावले मतदानबाट वञ्चित हुनुपरेको पाइएको जिओकको भनाइ छ । कतिपय मतदान केन्द्रहरू अझै पनि अपाङ्गतामैत्री हुन सकेका छैनन् । दोलखाको तामाकोशी र सुनसरीको धरानमा मतदान शुरू गर्दा केही सामान्य विवाद देखिए पनि सर्वदलीय बैठकबाट समाधान गरी मतदान शुरू भएको थियो । मतदाता परिचयपत्र भए पनि नामावलीमा नाम नहुने वा परिचयपत्र नहुँदा मतदान गर्न नपाउने जस्ता समस्याहरू पनि केही ठाउँमा देखिएका छन् ।

    जिओकले चुनाव प्रक्रिया र व्यवस्थापनमा भएको सुधारलाई लोकतन्त्रको सुदृढीकरणका लागि शुभ सङ्केतका रूपमा लिएको छ । निर्वाचन आचारसंहिताको पालना सन्तोषजनक रहेको र व्यवस्थापनमा भएका सुधारले चुनावलाई थप विश्वसनीय बनाएको समितिको ठहर छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend