Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नेपाली कांग्रेसले दियो निर्वाचनमा सहभागी भएकोमा सबैलाई धन्यवाद


२१, फागुन २०८२
  • 130
    SHARES
  • नेपाली कांग्रेसले दियो निर्वाचनमा सहभागी भएकोमा सबैलाई धन्यवाद

    काठमाडौं । नेपाली कांग्रेसले बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सहभागी भएका मतदाता, शुभेच्छुक, राजनीतिक दल, कर्मचारी र सुरक्षाकर्मीलाई धन्यवाद दिएको छ । सभापति गगन थापाले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै निर्वाचन सम्पन्न गर्नमा सबैको भूमिका महत्वपूर्ण रहेको भन्दै आभार व्यक्त गरेका हुन् । 

    विज्ञप्तिमा सभापति थापाले लेखेका छन्, ‘प्रतिनिधिसभाको निर्वाचनमा देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको नेपाली निष्ठा र अटल प्रतिबद्धता पुनः एकपटक बलियो रुपमा अभिव्यक्त भएको छ।

    निर्वाचनमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति म नेपाली कांग्रेस पार्टीका तर्फबाट उच्च सम्मान सहित कृतज्ञता व्यक्त गर्दछु।’

    निर्वाचनले लोकतान्त्रिक प्रणालीप्रति मतदाताहरूको गहिरो विश्वासलाई पुष्टि गरेको थापाको भनाइ छ । निर्वाचनमा मतदाताले देखाएको सक्रियताले राजनीतिक दलहरूलाई अब बन्ने सरकारलाई जनअपेक्षा अनुसार काम गर्ने थप जिम्मेवार बनाएको विज्ञप्तिमा उल्लेख छ।

    त्यस्तै, निर्वाचन क्षेत्रमा भएका केही घटना बाहेक शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकोमा सरकार र निर्वाचन आयोगलाई थापाले धन्यवाद दिएका छन् । निर्वाचन सफल बनाउन अहोरात्र खटिएका राष्ट्रसेवक कर्मचारी र सम्पूर्ण सुरक्षा निकायप्रति आभार र बधाई थापाले दिएका छन् । 

    उनले निर्वाचनमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गरेका राजनीतिक दलहरू, सञ्चारकर्मी  तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई पनि धन्यवाद दिएका छन् । 

    643606687_952135894017576_6300859047212150513_n

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend