Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्रतिनिधिसभा चुनाव : रवि–बालेन र प्रचण्डको अग्रता, ओली पछाडि, गगनकोमा गणना शुरू हुन बाँकी


२२, फागुन २०८२
  • 99
    SHARES
  • प्रतिनिधिसभा चुनाव : रवि–बालेन र प्रचण्डको अग्रता, ओली पछाडि, गगनकोमा गणना शुरू हुन बाँकी

    काठमाण्डौ – प्रतिनिधिसभा चुनावको मतगणना भइरहँदा शीर्ष नेताहरूमध्ये नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबाहेक अरू नेताहरू पछाडि देखिएका छन् ।

    देशकै सबैभन्दा बढी चर्चामा रहेको झापा क्षेत्र नम्बर ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई १ हजार ९३ मतले पछि पार्नुभएको छ । १ हजार ४ सय ७८ मत गणना भइरहँदा बालेनले १ हजार ९३ मत पाउनुभएको छ भने ओलीले ३८५ मत मात्रै प्राप्त गर्नुभएको छ ।

    रुकुमपूर्वमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले १ हजार ४ सय १५ मतसहित अग्रता लिनुभएको छ । उहाँको पछाडि नेकपा एमालेका लिलमणि गौतमले ४ सय ३१ मत प्राप्त गर्नुभएको छ । 

    यस्तै चितवन २ बाट रास्वपाका सभापति रवि लामिछानेले ३२६५ मतसहित अग्रता बनाउनुभएको छ । नेकपा एमालेका अस्मिन घिमिरेले १ हजार ५ सय १९ मत पाउनुभएको छ ।

    अर्को चर्चित निर्वाचन क्षेत्र भक्तपुर २ मा एमालेका सचिव महेश बस्नेतलाई १ हजार ४ सय ८७ मतले पछाडि पार्दै रास्वपाका राजीव खत्री ३ हजार ६ मतले अघि हुनुहुन्छ । नेपाली कांग्रेसका सभापति गगन थापाको निर्वाचन क्षेत्र सर्लाही ४ मा भने मतगणना शुरु हुन बाँकी छ । 

    पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपालको रौतहट क्षेत्र नम्बर १ र झलनाथ खनालको इलाम क्षेत्र नम्बर २ को निर्वाचन क्षेत्रको मतगणना शुरू हुन बाँकी छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend