Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

रवीन्द्र मिश्र : लगातार तेस्रोपटक पराजित, बने तेस्रो


२२, फागुन २०८२
  • 89
    SHARES
  • रवीन्द्र मिश्र : लगातार तेस्रोपटक पराजित, बने तेस्रो

    काठमाडौं । बीबीसी नेपाली सेवाको जागिर छाडेर राजनीतिमा होमिएका रवीन्द्र मिश्रले लगातार तेस्रोपटक हार व्यहोरेका छन् ।

    ०७४ सालदेखि काठमाडौं क्षेत्र नम्बर–१ बाट संसदीय निर्वाचन लड्न सुरु गरेका उनी यसपालि तेस्रोचोटि पराजित भएका हुन् ।

    पहिलोपल्ट उनी विवेकशील साझा पार्टीबाट उमेदवार बनेका थिए । पछिल्ला दुई चुनावमा उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रतिस्पर्धा गरेका हुन् । प्रत्येकपटक उनको मत संख्या घट्दै गएको छ ।

    काठमाडौं–१ मा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उमेदवार रञ्जु न्यौपाने ‘दर्शना’ भारी मतान्तरसहित निर्वाचित भएकी छन् । उनले १५ हजार ४५५ मत प्राप्त गरिन् ।

    नेपाली कांग्रेसका उमेदवार प्रवल थापा ६ हजार ३६४ मतसहित दोस्रो भएका छन् । मिश्र भने तीन हजार ९७२ मतसहित तेस्रो हुन पुगेका छन् ।       

    मिश्र ०७९ को चुनावमा कांग्रेसका प्रकाशमान सिंहसँग झिनो मतान्तरले हारेका थिए । सिंहले सात हजार १४३ मत पाएका थिए । मिश्र सात हजार ११ मत अर्थात् १३२ को झिनो मतान्तरमा दोस्रो भएका थिए ।

    त्यसअघि, ०७४ को निर्वाचनमा पनि मिश्र सिंहसँगै पराजित भएका थिए । त्यस बेला सिंहले १० हजार ९३६ मत पाएका थिए । मिश्रले १० हजार ११८ मत ल्याएका थिए ।

    ०७४ देखि लगातार दोस्रो हुँदै सम्मानजनक मत ल्याएका मिश्र ०८२ मा भने तेस्रो स्थानमा पुगेका हुन् ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend