काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका छन् ।
आम निर्वाचनको शुक्रबार सम्पन्न अन्तिम मतपरिणामअनुसार प्रचण्ड रुकुम पूर्वबाट १० हजार २४० मतसहित विजयी भएका हुन् ।
यस्तै एमालेका लिलामणि गौतम ३ हजार४६२ तथा कांग्रेसकी कुशुमदेवी थापाले ३ हजार ८१ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यससँगै नेकपाले जितको खाता खोलेको छ ।