दैलेख । दैलेख निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा बासना थापा निर्वाचित हुनुभएको छ।
निर्वाचन परिणाम सार्वजनिक भएसँगै उहाँलाई विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। थापाको विजयलाई दैलेखका मतदाताले विकास, सुशासन र समावेशी नेतृत्वप्रतिको विश्वासका रूपमा लिइएको छ।
स्थानीयस्तरमा लामो समयदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहनुभएकी थापाले निर्वाचन अभियानका क्रममा क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्ने प्रतिबद्धता जनाउनुभएको थियो।
निर्वाचित भएपछि थापाले आफूलाई मत दिएर विजयी बनाउने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्दै दैलेखको समृद्धि र जनताको अपेक्षा पूरा गर्न इमानदारीपूर्वक काम गर्ने बताउनुभएको छ। उहाँको विजयसँगै दैलेख–१ मा नेपाली कांग्रेसका नेता–कार्यकर्ता तथा समर्थकहरूमा उत्साह छाएको छ।