Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

३१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक : रास्वपा २२, कांग्रेस ५, नेकपा २, एमाले १ र स्वतन्त्र उम्मेदवार १ ठाउँमा विजयी


२३, फागुन २०८२
  • 81
    SHARES
  • ३१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक : रास्वपा २२, कांग्रेस ५, नेकपा २, एमाले १ र स्वतन्त्र उम्मेदवार १ ठाउँमा विजयी

    काठमाण्डौ – प्रतिनिधिसभा सदस्य चुनावको मतगणना अन्तर्गत अहिलेसम्म ३१ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २२ क्षेत्रमा विजयी भएको छ ।

    नेपाली कांग्रेसले ५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले २ र एमालेले १ तथा स्वतन्त्र उम्मेदवारले १ क्षेत्रमा जित हासिल गरेका छन् । मतगणना भइरहेका ठाउँमा रास्वपाकै उम्मेदवाहरु अगाडि छन् । रास्वपा ९४, कांग्रेस १०, एमाले १२, नेकपा ११, श्रम संस्कृति पार्टी ४ र राप्रपा १ क्षेत्रमा अगाडि छन् ।

    रास्वपा 

    १. रवि लामिछाने – चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक विजयी हुनुभएको छ । लामिछानेले ५४ हजार ४०२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिष्पर्धी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ र एमालेका अस्मिन घिमिरेले ६ हजार ९९२ मत ल्याउनुभयो । 

    २. रुकेश रन्जित – भक्तपुर १ बाट ३३ हजार ४३६ मत ल्याएर विजयी हुँदा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले २८ हजार १४७ मत ल्याउनुभयो ।

    ३.सुनिल केसी – काठमाण्डौ २ बाट ३४ हजार २३८ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिष्पर्धी कांग्रेसका कविर शर्माले ८ हजार ८७४ मत ल्याउनुभयो ।

    ४. प्रमोद कुमार महतो – महोत्तरी १ बाट ३४ हजार ६३६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी नेकपाका गिरिराजमणि पोखरेलले १२ हजार ६२४ मत ल्याउनुभयो ।

    ५. धनञ्जय रेग्मी – स्याङ्जा १ बाट २९ हजार ७१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ मत ल्याउनुभयो ।

    ६. सुरेशकुमार चौधरी – बाँके १ बाट ५२ हजार ७९२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलले १५ हजार ३०१ मत ल्याउनुभयो ।

    ७. खगेन्द्र सुनार – बाँके ३ बाट २९ हजार ५५१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटमत प्रतिष्पर्धी एमालेका सुमन मल्लले १९ हजार ६१५ मत ल्याउनुभयो ।

    ८. कन्हैया बनिया– रुपन्देही ४ बाट २८ हजार ६६ मत ल्याएर विजयी हुनुभएको छ । प्रतिष्पर्धी एमालेका प्रमोदकुमार यादवको २० हजार २६२ मत आएको छ ।

    ९. रुविना आचार्य– मोरङ ६ मा विजयी हुँदा कांग्रेसका डा. शेखर कोइराला पराजित हुनुभएको छ । आचार्यले ५५ हजार ५१३ मत ल्याउँदा कोइरालाले १२ हजार ८५० मतमात्रै ल्याउनुभएको छ ।

    १०. डीपी अर्याल– काठमाण्डौ ९ मा ३५ हजार ९३ मत ल्याएर विजयी हुनुभएको छ । कांग्रेसकी नानुमाया बास्तोलाले ५ हजार ४६० मत ल्याउनुभयो ।

    ११. मनिष झा– धनुषा ३ मा विजयी हुँदा कांग्रेसका विमलेन्द्र निधि पराजित हुनुभएको छ । झाले ४३ हजार १४२ र निधिले १५ हजार ९९२ मत ल्याउनुभयो । 

    १२. सन्तोष राजवंशी– मोरङ ४ मा विजयी हुँदा कांग्रेसका गुरुराज घिमिरे पराजित हुनुभयो । राजवंशीले ४० हजार ८३३ मत ल्याउँदा घिमिरेले १२ हजार ८१८ मत ल्याउनुभयो । 

    १३. बिना गुरुङ – कास्की ३ मा विजयी हुँदा कांग्रेसका मनोज गुरुङ पराजित हुनभयो । बिनाले ३७ हजार ७५० मत ल्याउँदा मनोजले १२ हजार ७८० मत ल्याउनुभयो ।

    १४. प्रदीप बिष्ट – काठमाण्डौ १०मा विजयी हुँदा कांग्रेसका हिमाल कार्की पराजित हुनुभएको छ । बिष्टले ३७ हजार ४६९ र कार्कीले ८ हजार १०० मत ल्याउनुभयो ।

    १५. उत्तम प्रसाद पौडेल – कास्की २ मा विजयी हुँदा एमालेका रश्मि आचार्य पराजित हुनुभयो । पौडेलले ३१ हजार ९११ र आचार्यले ७ हजार ४९३ मत ल्याउनुभयो ।

    १६. सस्मित पोखरेल – काठमाण्डौ ५ मा विजयी हुँदा कांग्रेसका प्रदीप पौडेल र एमालेका ईश्वर पोखरेल पराजित हुनुभयो । पोखरेलले ३० हजार ७३७ मत ल्याउँदा पौडेलले ९ हजार १५९ र पोखरेलले ४ हजार ७०१ मत ल्याउनुभयो ।

    १७. पुकार बम – काठमाण्डौ ४ मा विजयी हुँदा कांग्रेसका सचिन तिमल्सिेना र एमालेका राजन भट्टराई पराजित हुनुभयो । पुकारले २९ हजार २४२, सचिनले ८ हजार ८२४ र भट्टराईले ५ हजार ७३३ मत ल्याउनुभयो ।

    १८. गणेश पराजुली – काठमाण्डौ ७ मा २७ हजार ८०५ मत ल्याएर विजयी हुनुभएको छ । 

    १९. राजुनाथ पाण्डे– काठमाडौ ३ मा विजयी हुँदा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित हुनुभयो । रास्वपाका पाण्डेले १८ हजार ७५७ मत र घिसिङले ११ हजार १७१ मत ल्याउनुभयो ।

    २०. विराजभक्त श्रेष्ठ– काठमाण्डौ ८ बाट विजयी हुनुभएको छ । उहाँले २४ हजार ५९२ रउहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सुमन सायमीले ३ हजार २१७ मत ल्याउनुभयो ।

    २१. शिशिर खनाल– काठमाण्डौ ६ बाट विजयी हुनुभएको छ । खनालले २७ हजार ७१९ र उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत पाउनुभयो ।   

    २२. रञ्जु न्यौपाने (दर्शना)– काठमाण्डौ १ बाट १५ हजार ४ सय ५५ मतसहित विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत प्राप्त गर्नुभयो ।

    कांग्रेस
    १. तेह्रथुम बाट कांग्रेसका सन्तोष सुब्बा ११ हजार ५६१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी एमालेका भानुभक्त ढकालले १० हजार ६८२ मत ल्याउनुभयो ।

    २. दैलेख १ मा बासना थापा १२ हजार ३७२ मत ल्याएर विजयी हुनुभएको छ । निकटम प्रतिष्पर्धी एमालेका रविन्द्रराज शर्माले ११ हजार ७९६ मत ल्याउनुभयो ।

    ३. रसुवा १ मा मोहन आचार्य १० हजार ६५६ मत ल्याएर विजयी हुनुभएको छ । निकटम प्रतिष्पर्धी रास्वपाका बसन्त भट्टले ५ हजार ५७१ मतल्याउनुभयो ।

    ४. मुस्ताङबाट योगेश गौचन थकाली ३ हजार ३०७ मत ल्याएर विजयी हुनुभएको छ । प्रतिस्पर्धी एमालेका ईन्द्रधार विष्टले एक हजार ८०३ मत प्राप्त गर्नुभयो ।

    ५. मनाङबाट टेकबहादुर गुरुङ २ हजार ४१५ मतसहित विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेकपाकी यशोदा गुरुङ (सुवेदी)ले ४५४ मत ल्याउनुभयो ।

    नेकपा 

    १. कालिकोटबाट महेन्द्रबहादुर शाहीले ११ हजार ३३८ मत ल्याएर विजयी हुनुभएको छ । प्रतिष्पर्धी एमालेका नगीन्द्र शाहीले १० हजार ३५२ मत ल्याउनुभयो ।

    २. रुकुमपूर्वबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी हुनुभएको छ । उहाँले १० हजार २४० र एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत प्राप्त गर्नुभयो ।

    एमाले 

    १. बाँके २ बाट मोहम्मद इस्तियाक राईले २४ हजार ६४७ मत ल्याएर विजयी हुनुभएको छ । प्रतिष्पर्धी रास्वपाका विवेककुमार श्रेष्ठले १८ हजार ६७९ मत ल्याउनुभयो ।

    स्वतन्त्र 

    १. म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित हुनुभएको छ । उहाँले २२ हजार ८५० मत ल्याएर विजयी हुँदा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत ल्याउनुभयो ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend