Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

४६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक हुँदा रास्वपा ३५ क्षेत्रमा विजयी


२३, फागुन २०८२
  • 99
    SHARES
  • ४६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक हुँदा रास्वपा ३५ क्षेत्रमा विजयी

    काठमणडौ – प्रतिनिधिसभा चुनावको प्रत्यक्षतर्फ १६५ मध्ये १६१ क्षेत्रमा मतगणना भइरहेको छ । यसमध्ये ४६ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ३५ क्षेत्रमा विजयी भएको छ ।

    नेपाली कांग्रेसले ६, एमालेले २, नेकपाले २ तथा स्वतन्त्र उम्मेदवारले १ क्षेत्रमा जित हासिल गरेका छन् । मतगणना भैरहेका ठाउँमा रास्वपाकै उम्मेदवाहरु अगाडि छन् । 

    रास्वपा 

    १. गोविन्द पन्थी – गुल्मी २ बाट एमालेका गोकर्ण विष्टभन्दा ५६१ मत बढी ल्याएर विजयी हुनुभएको छ । पन्थीले १६ हजार ९६७ मत ल्याउँदा विष्टले १६ हजार ४०६ मत ल्याउनुभयो । 

    २. सुशीलकुमार कानु – पर्सा २ बाट ३० हजार ७४० मत ल्याएर विजयी हुँदा कांग्रेसका अजयकुमार चौरसियाले ११ हजार ८९० मत ल्याउनुभयो ।

    ३. अचुत्तम लामिछाने – नुवाकोट २ बाट ३२ हजार ५४ मत ल्याएर विजयी हुँदा कांग्रेसका जगदिश्वर नरसिंह केसीले १५ हजार ५०३ मत ल्याउनुभयो ।

    ४. रहबर अन्सारी – बारा ४ बाट ४१ हजार २०० मत ल्याएर विजयी हुँदा एमालेका कृष्णकुमार श्रेष्ठले ११ हजार ६३९ मत ल्याउनुभयो । 

    ५. कोमल ज्ञवाली – कैलाली १ बाट १७ हजार ८२६ मत ल्याएर विजयी हुँदा कांग्रेसका जनकराज चौधरीले १२ हजार ८६७ मत ल्याउनुभयो ।

    ६. सुशील खड्का – बागलुङ १ बाट २० हजार ९२७ मत ल्याएर विजयी हुँदा कांग्रेसका भीमबहादुर श्रीसले ११ हजार ९४४ मत ल्याउनुभयो ।

    ७. सोम शर्मा – बागलुङ २ बाट १२ हजार ६४७ मत ल्याएर विजयी हुँदा कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत ल्याउनुभयो ।

    ८. बुद्धरत्न महर्जन – ललितपुर १ बाट २३ हजार ३७३ मत ल्याएर विजयी हुँदा कांग्रेसका उदय शमशेर राणाले १३ हजार ५२० मत ल्याउनुभयो ।

    ९. डा. लेखजंग थापा – रुपन्देही ३ बाट ५८ हजार ८१४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिष्पर्धी कांग्रेसका सुशील गुरुङले ८ हजार ४३५ र एमालेका बासुदेव घिमिरेले ८ हजार २७५ मत ल्याउनुभयो ।

    १०. सुलभ खरेल – रुपन्देही २ बाट ५६ हजार ५५० मत ल्याएर विजयी हुँदा एमालेका विष्णुप्रसाद पौडेलले १२ हजार ८६१ मत ल्याउनुभयो ।

    ११. बुद्धिप्रसाद पन्त – पर्सा १ बाट २७ हजार २७४ मत ल्याएर विजयी हुँदा एमालेका प्रदिप यादवले १३ हजार ३० मत ल्याउनुभयो ।

    १२. सागर भुसाल – पर्वतबाट २६ हजार ५६१ मत ल्याएर विजयी हुनुभएको छ । कांग्रेसका अर्जुनप्रसाद जोशीको १५ हजार ९५४ र एमालेका पदम गिरीको १५ हजार ७५ मत आएको छ ।

    १३. अरबिन्द साह – बारा ३ बाट ४० हजार ६९७ मत ल्याएर विजयी हुँदा कांग्रेसका फरमुल्लाह मंसुरले १० हजार ५२ मत ल्याउनुभयो ।

    १४. रवि लामिछाने – चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक विजयी हुनुभएको छ । लामिछानेले ५४ हजार ४०२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिष्पर्धी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ र एमालेका अस्मिन घिमिरेले ६ हजार ९९२ मत ल्याउनुभयो । 

    १५. रुकेश रन्जित – भक्तपुर १ बाट ३३ हजार ४३६ मत ल्याएर विजयी हुँदा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले २८ हजार १४७ मत ल्याउनुभयो ।

    १६. सुनिल केसी – काठमाण्डौ २ बाट ३४ हजार २३८ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिष्पर्धी कांग्रेसका कविर शर्माले ८ हजार ८७४ मत ल्याउनुभयो ।

    १७. प्रमोद कुमार महतो – महोत्तरी १ बाट ३४ हजार ६३६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी नेकपाका गिरिराजमणि पोखरेलले १२ हजार ६२४ मत ल्याउनुभयो ।

    १८. धनञ्जय रेग्मी – स्याङ्जा १ बाट २९ हजार ७१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ मत ल्याउनुभयो ।

    १९. सुरेशकुमार चौधरी – बाँके १ बाट ५२ हजार ७९२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलले १५ हजार ३०१ मत ल्याउनुभयो ।

    २०. खगेन्द्र सुनार – बाँके ३ बाट २९ हजार ५५१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटमत प्रतिष्पर्धी एमालेका सुमन मल्लले १९ हजार ६१५ मत ल्याउनुभयो ।

    २१. कन्हैया बनिया– रुपन्देही ४ बाट २८ हजार ६६ मत ल्याएर विजयी हुनुभएको छ । प्रतिष्पर्धी एमालेका प्रमोदकुमार यादवको २० हजार २६२ मत आएको छ ।

    २२. रुविना आचार्य– मोरङ ६ मा विजयी हुँदा कांग्रेसका डा. शेखर कोइराला पराजित हुनुभएको छ । आचार्यले ५५ हजार ५१३ मत ल्याउँदा कोइरालाले १२ हजार ८५० मतमात्रै ल्याउनुभएको छ ।

    २३. डीपी अर्याल– काठमाण्डौ ९ मा ३५ हजार ९३ मत ल्याएर विजयी हुनुभएको छ । कांग्रेसकी नानुमाया बास्तोलाले ५ हजार ४६० मत ल्याउनुभयो ।

    २४. मनिष झा– धनुषा ३ मा विजयी हुँदा कांग्रेसका विमलेन्द्र निधि पराजित हुनुभएको छ । झाले ४३ हजार १४२ र निधिले १५ हजार ९९२ मत ल्याउनुभयो । 

    २५. सन्तोष राजवंशी– मोरङ ४ मा विजयी हुँदा कांग्रेसका गुरुराज घिमिरे पराजित हुनुभयो । राजवंशीले ४० हजार ८३३ मत ल्याउँदा घिमिरेले १२ हजार ८१८ मत ल्याउनुभयो । 

    २६. बिना गुरुङ – कास्की ३ मा विजयी हुँदा कांग्रेसका मनोज गुरुङ पराजित हुनभयो । बिनाले ३७ हजार ७५० मत ल्याउँदा मनोजले १२ हजार ७८० मत ल्याउनुभयो ।

    २७. प्रदीप बिष्ट – काठमाण्डौ १०मा विजयी हुँदा कांग्रेसका हिमाल कार्की पराजित हुनुभएको छ । बिष्टले ३७ हजार ४६९ र कार्कीले ८ हजार १०० मत ल्याउनुभयो ।

    २८. उत्तम प्रसाद पौडेल – कास्की २ मा विजयी हुँदा एमालेका रश्मि आचार्य पराजित हुनुभयो । पौडेलले ३१ हजार ९११ र आचार्यले ७ हजार ४९३ मत ल्याउनुभयो ।

    २९. सस्मित पोखरेल – काठमाण्डौ ५ मा विजयी हुँदा कांग्रेसका प्रदीप पौडेल र एमालेका ईश्वर पोखरेल पराजित हुनुभयो । पोखरेलले ३० हजार ७३७ मत ल्याउँदा पौडेलले ९ हजार १५९ र पोखरेलले ४ हजार ७०१ मतल्याउनुभयो ।

    ३१. पुकार बम – काठमाण्डौ ४ मा विजयी हुँदा कांग्रेसका सचिन तिमल्सिेना र एमालेका राजन भट्टराई पराजित हुनुभयो । पुकारले २९ हजार २४२, सचिनले ८ हजार ८२४ र भट्टराईले ५ हजार ७३३ मत ल्याउनुभयो ।

    ३२. गणेश पराजुली – काठमाण्डौ ७ मा २७ हजार ८०५ मत ल्याएर विजयी हुनुभएको छ । 

    ३३. राजुनाथ पाण्डे– काठमाडौ ३ मा विजयी हुँदा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित हुनुभयो । रास्वपाका पाण्डेले १८ हजार ७५७ मत र घिसिङले ११ हजार १७१ मत ल्याउनुभयो ।

    ३४. विराजभक्त श्रेष्ठ– काठमाण्डौ ८ बाट विजयी हुनुभएको छ । उहाँले २४ हजार ५९२ र उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सुमन सायमीले ३ हजार २१७ मत ल्याउनुभयो ।

    ३५ शिशिर खनाल– काठमाण्डौ ६ बाट विजयी हुनुभएको छ । खनालले २७ हजार ७१९ र उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत पाउनुभयो ।  

    ३६. रञ्जु न्यौपाने (दर्शना)– काठमाण्डौ १ बाट १५ हजार ४ सय ५५ मतसहित विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत प्राप्त गर्नुभयो ।

    कांग्रेस 

    १. भरतबहादुर खड्का – डोटीबाट १४ हजार ८९७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी एमालेका दीपकबहादुर धामीले १४ हजार ११०,  रास्वपाका नरेन्द्र खड्काले १३ हजार २७० र नेकपाका त्रिलोचन भट्टले पाँच हजार ४१३ मत प्राप्त गर्नुभयो ।

    २. तेह्रथुमबाट कांग्रेसका सन्तोष सुब्बा ११ हजार ५६१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिष्पर्धी एमालेका भानुभक्त ढकालले १० हजार ६८२ मत ल्याउनुभयो ।

    ३. दैलेख १ मा बासना थापा १२ हजार ३७२ मत ल्याएर विजयी हुनुभएको छ । निकटम प्रतिष्पर्धी एमालेका रविन्द्रराज शर्माले ११ हजार ७९६ मत ल्याउनुभयो ।

    ४. रसुवा १ मा मोहन आचार्य १० हजार ६५६ मत ल्याएर विजयी हुनुभएको छ । निकटम प्रतिष्पर्धी रास्वपाका बसन्त भट्टले ५ हजार ५७१ मतल्याउनुभयो ।

    ५. मुस्ताङबाट योगेश गौचन थकाली ३ हजार ३०७ मत ल्याएर विजयी हुनुभएको छ । प्रतिस्पर्धी एमालेका ईन्द्रधार विष्टले एक हजार ८०३ मत प्राप्त गर्नुभयो ।

    ६. मनाङबाट टेकबहादुर गुरुङ २ हजार ४१५ मतसहित विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेकपाकी यशोदा गुरुङ (सुवेदी)ले ४५४ मत ल्याउनुभयो । 

    एमाले 

    १. बझाङबाट ऐनबहादुर महर विजयी हुनुभएको छ । कांग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेहीलाई दुई हजार २३९ मतान्तरले पछि पार्दै महर विजयी हुनुभएको हो । महरले १८ हजार ५४३ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी रसाइलीले १६ हजार ३०४ मत प्राप्त गर्नुभयो । त्यस्तै रास्वपाका शैलेशकुमार सिंहले नौ हजार २६३ मत प्राप्त गर्नुभएको छ ।

    २. बाँके २ बाट मोहम्मद इस्तियाक राईले २४ हजार ६४७ मत ल्याएर विजयी हुनुभएको छ । प्रतिष्पर्धी रास्वपाका विवेककुमार श्रेष्ठले १८ हजार ६७९ मत ल्याउनुभयो ।

    नेकपा 

    १. कालिकोटबाट महेन्द्रबहादुर शाहीले ११ हजार ३३८ मत ल्याएर विजयी हुनुभएको छ । प्रतिष्पर्धी एमालेका नगीन्द्र शाहीले १० हजार ३५२ मत ल्याउनुभयो ।

    २. रुकुमपूर्वबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी हुनुभएको छ । उहाँले १० हजार २४० र एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत प्राप्त गर्नुभयो ।

    स्वतन्त्र 

    १. म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित हुनुभएको छ । उहाँले २२ हजार ८५० मत ल्याएर विजयी हुँदा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत ल्याउनुभयो ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend