Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

हार स्वीकार गर्दै रेनु दाहालले भनिन्– कामद्वारा मन त जितेँ तर मत जित्न सकिनँ


२३, फागुन २०८२
  • 105
    SHARES
  • हार स्वीकार गर्दै रेनु दाहालले भनिन्– कामद्वारा मन त जितेँ तर मत जित्न सकिनँ

    चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपाबाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार रेनु दाहालले निर्वाचन परिणामलाई सम्मान गर्दै आफूले कामद्वारा जनताको मन जिते पनि मत जित्न नसकेको बताएकी छन्।

    चितवन-३ मा आफ्नो हार स्विकार्दै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफ्नो राजनीतिक जीवनमा भरतपुरको विकास, समृद्धि र सुशासनका लागि नौ वर्ष ऊर्जा समर्पित गरेको उल्लेख गरेकी छन्।

    विकासका लागि जनतामैत्री नीति–नियम आवश्यक रहेको महसुस भएपछि १५ महिना कार्यकाल बाँकी हुँदाहुँदै भरतपुर महानगरपालिकाको प्रमुख पदबाट बाहिरिएर प्रतिनिधिसभा निर्वाचनमा होमिएको उनले बताइन्।

    निर्वाचनमा विजयी भएकी सोविता गौतमलाई बधाई दिँदै दाहालले चितवनबासीको मत खेर नजाने विश्वास व्यक्त गरिन्। आगामी दिनमा जनताको खुसी, विकास र समृद्धिका लागि काम गर्न उनले शुभकामना दिएकी छन्।

    निर्वाचनमा आफूलाई विश्वास गरेर मतदान गर्ने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्दै उनले यो विश्वास कहिल्यै नबिर्सने बताइन्। साथै चुनावी अभियानमा सक्रिय रहेका नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता, समर्थक, शुभेच्छुक, सञ्चारकर्मी तथा कलाकारप्रति पनि उनले धन्यवाद दिएकी छन्।

    चितवनबासीको हकहित, विकास र समृद्धिका लागि आफू निरन्तर साथमा रहने प्रतिबद्धता समेत दाहालले व्यक्त गरेकी छन्।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend