Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

अर्घाखाँचीमा रास्वपाका हरि भुसाल विजयी


२३, फागुन २०८२
  • 101
    SHARES
  • अर्घाखाँचीमा रास्वपाका हरि भुसाल विजयी

    अर्घाखाँची । एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरिप्रसाद भुसाल विजयी भएका छन् । उनी ३५ हजार २३ मतका साथ विजयी भएका हुन् ।

    निकटतम प्रतिद्धन्दी नेकपा एमालेका पिताम्बर भुसाल भन्दा १२ हजारभन्दा बढी मतान्तरले उनी विजयी भएका हुन् ।

    उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका पिताम्बर भुसालले २२ हजार ६ सय ४९ मत ल्याए ।

    नेपाली कांग्रेसका विष्णुप्रसाद खनालले १८ हजार ९८३, नेपाली कम्युनिस्ट पार्टीका रामबहादुर चौहानले ३ हजार ८ सय ४७ मत प्राप्त गरे ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष हरिप्रसाद भुसाल रास्वपाको जिल्ला संगठन बनाउन तथा गाउँगाउँमा रास्वपाको समिति निर्माण गर्न सरु देखि नै लागेका थिए ।  भुसाल २०७९ सालको प्रतिनिधिसभामा पनि रास्वपाबाटै उम्मेदवार रहेका थिए । उनले २०७९ सालको निर्वाचनमा ३ हजार २ सय मत ल्याएका थिए ।

    ३७ वर्षीय भुसाल सन्धिखर्कमा मिडिया सञ्चालक, लेखक र आर्टस् व्यवसाय गर्दै आएका छन् । लायन्स क्लब अर्घाखाँचीको सस्थापक अध्यक्ष रहेका भुसाल, अर्घाखाँची चेम्बर अफ कमर्सका महासचिव समेत रहेका छन् । उनी प्रष्ट र यथार्थ बोल्ने हकी स्वभावका युवा हुन् ।

    अर्घाखाँचीमा  १ लाख ७१ हजार ६ सय ५२ मतदाता थिए । निर्वाचनमा ८६ हजार ६६८ मत खसेको थियो । जसमध्ये महिला ४७ हजार ६ सय ८८ र पुरूष ३८ हजार ९ सय ८० मतदाताले निर्वाचनमा भाग लिएका थिए ।

    99c87d7b-58ef-463c-88b4-4f1a75779610.jpg
    undefined

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend