Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

संसदीय इतिहासकै सर्वाधिक मत ल्याएर निर्वाचित भइन् सोबिता गौतम


२३, फागुन २०८२
  • 92
    SHARES
  • संसदीय इतिहासकै सर्वाधिक मत ल्याएर निर्वाचित भइन् सोबिता गौतम

    काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन इतिहासमा रास्वपाकी सोबिता गौतम सर्वाधिक मत ल्याएर निर्वाचित भएकी छिन्।

    उनी चितवन–३ बाट नेपाली कम्युनिस्ट पार्टीकी रेनु दाहाललाई पराजित गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी हुन्।

    गौतमले ५९ हजार २७७ मत ल्याएर चुनाव जितिन्। प्रतिस्पर्धी रेनु दाहालले २० हजार ६१५ मत ल्याइन्। गौतमले ल्याएको मत संसदीय निर्वाचनको इतिहासकै धेरै हो।

    यसअघि २०७४ को निर्वाचनमा झापा–५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५७ हजार १३९ मत ल्याएर निर्वाचित भएका थिए।

    २०७४ सालकै निर्वाचनमा दोलखाबाट एमालेका पार्वत गुरूङले ५५ हजार ३६१ मत ल्याएर निर्वाचित भएका थिए। २०८० को उपनिर्वाचनमा चितवन–२ मा रवि लामिछानेले ५४ हजार १७६ मत ल्याएर निर्वाचित भएका थिए।

    यसपटक रवि लामिछानेले ५४ हजार ४०२ मत ल्याए। मोरङ–६ मै रास्वपाकी रूविना आचार्यले ५५ हजार ५१३ मत ल्याएर निर्वाचित भएकी छन्। काभ्रे–२ मा बदनकुमार भण्डारी ५३ हजार ३४४ मत ल्याएर निर्वाचित भए।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend