काठमाडौँ - प्रत्यक्षतर्फको परिणाम धमाधम आइरहँदा निर्वाचन आयोगले समानुपातिकतर्फ मतगणनालाई पनि अघि बढाएको छ।
आयोगको तथ्यांकअनुसार अहिलेसम्म २ लाख ६९ हजार ९९० मत गणना भएको छ। यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले मात्रै १ लाख ४६ हजार २७६ मत प्राप्त गरेको छ।
यस्तै नेपाली कांग्रेसले ४४ हजार १३६ मत ल्याएको छ। नेकपा एमालेले ३३ हजार ८१ मत पाएको छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले १३ हजार ११८ मत पाएको छ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १२ हजार ६२६ मत ल्याउँदा श्रम संस्कृति पार्टीले ६ हजार ९६९ ल्याएको छ।