काठमाण्डाै – प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत समानुपातिक प्रणालीतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फराकिलो अग्रतालाई निरन्तरता दिएको छ ।
अहिलेसम्म ४ लाख १ हजार ५३ मतगणना हुँदा रास्वपाले ५३ दशमलव ७४ प्रतिशतभन्दा धेरै अर्थात् २ लाख १५ हजार ५६१ मत पाएको छ ।
यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ६६ हजार १५०, तेस्रो स्थानमा रहेको नेकपा एमालले ५१ हजार ४२३ मत पाएका छन् ।
यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले २१ हजार ६५९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १६ हजार ९२७ मत पाएका छन् ।
प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत प्रत्यक्षा प्रणालीतर्फको मतगणनामा पनि रास्वपाले फराकिलो अग्रता बनाइरहेको छ ।