Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

बाँके ३ का कांग्रेस उम्मेदवार अमर पुनद्वारा मतदाताप्रति आभार, विजयी खगेन्द्र सुनारलाई बधाई


२३, फागुन २०८२
  • 124
    SHARES
  • बाँके ३ का कांग्रेस उम्मेदवार अमर पुनद्वारा मतदाताप्रति आभार, विजयी खगेन्द्र सुनारलाई बधाई

    बाँके । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका  अमर पुनले मतदाता, समर्थक तथा पार्टी कार्यकर्ताप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

    उनले निर्वाचनमा आफूलाई उम्मेदवारका रूपमा सहभागी हुने अवसर प्रदान गर्ने सम्पूर्ण मतदाता, आम नागरिक, पार्टी नेतृत्व तथा साथीहरूलाई हृदयदेखि नै कृतज्ञता व्यक्त गरेका छन्।

    अपेक्षित सफलता हासिल गर्न नसके पनि मतदाताले देखाएको विश्वास, माया र समर्थन आफ्नो लागि ठूलो प्रेरणा बनेको उनले बताएका छन् । मतदानमार्फत साथ दिने सबै नागरिकलाई धन्यवाद दिँदै उनले निर्वाचन अभियानमा दिनरात खटिएका पार्टीका कार्यकर्ता, शुभेच्छुक तथा सहयोगीहरूको योगदानप्रति विशेष आभार प्रकट गरेका छन् ।

    यसैबीच, निर्वाचनमा प्रतिस्पर्धा गरेका सम्पूर्ण दलका उम्मेदवारप्रति सम्मान व्यक्त गर्दै बाँके–३ बाट विजयी भएका खगेन्द्र सुनारलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

    निर्वाचनमा केही प्राविधिक तथा परिस्थितिजन्य कारणका कारण अपेक्षित परिणाम प्राप्त गर्न नसकेको उल्लेख गर्दै उनले आगामी पाँच वर्षसम्म पनि नागरिकको सेवा, सहयोग र क्षेत्रको विकासका लागि निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    साथै, उनले भोलिदेखि “नागरिक धन्यवाद” कार्यक्रम सञ्चालन गर्ने जानकारी दिँदै वडा–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आभार व्यक्त गर्ने बताएका छन् । अन्त्यमा उनले वर्तमान परिस्थितिमा संयम, धैर्यता र एकताको भावनासहित संगठनलाई अझ सुदृढ बनाउन सक्रिय रूपमा लाग्न सम्पूर्ण कार्यकर्ता तथा शुभेच्छुकहरूलाई आग्रह गरेका छन् ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend