Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कांग्रेस अब नियमित महाधिवेशन प्रक्रियामा प्रवेश गर्छ : उपसभापति शर्मा


२३, फागुन २०८२
  • 151
    SHARES
  • कांग्रेस अब नियमित महाधिवेशन प्रक्रियामा प्रवेश गर्छ : उपसभापति शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब गम्भीर समीक्षासहित नियमित महाधिवेशनको प्रक्रियामा प्रवेश गरिने बताएका छन् ।

    शनिबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा शर्माले छिट्टै केन्द्रिय कार्यसमितिको बैठक बसेर पराजयको बुँदा-बुँदामा समीक्षा गरिने जानकारी दिएका हुन् ।

    उपसभापति शर्माले कांग्रेसका समर्थक, शुभेच्छुक र सदस्यहरूलाई संयमता र परिपक्वताका साथ एकतामा बाँधिन आग्रह गरे ।

    ‘एकआपसलाई आरोप लगाइराखेर भन्दा पनि ऐक्यबद्ध र वस्तुगत भएर समीक्षा गरेर आगामी दिनको यात्रा तय गर्नुछ । केन्द्रिय समितिमा रहेका, नरहेका, निवर्तमान नेतृत्व र अलग नेतृत्व सबैसँग सल्लाह र समीक्षा गर्नेछौँ,’ उपसभापति शर्माले भनेका छन्, ‘नेपाली कांग्रेस पार्टीले यो प्रतिकूलतालाई चिन्नेछ, एकतावद्ध भएर सामना गर्नेछ र नयाँ सम्भावनाको विकास गर्नेछ ।’

    उनले अब बन्ने सरकारले गर्ने राम्रा काममा साथ दिने र कमजोरीमा खबरदारी गर्ने बताए । ‘नेपाली कांग्रेस पार्टी नवीन ढंगले अगाडि आउनेछ’, उपसभापति शर्माले भने ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend