Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

जताततै घण्टी बज्दा ठुला दलमा ‘हाइभोल्टेज’को झड्का : प्रचण्डबाहेक सबै नेता पराजित


२४, फागुन २०८२
  • 86
    SHARES
  • जताततै घण्टी बज्दा ठुला दलमा ‘हाइभोल्टेज’को झड्का : प्रचण्डबाहेक सबै नेता पराजित

    काठमाडौँ – जेनजी आन्दोलनपछि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभर जताततै घण्टी बज्दा ठुला दलमाथि हाइभोल्टेजको झड्का लागेको छ । भदौ २३ र २३ गतेको जेनजी आन्दोलनले विघटन गरेको तत्कालीन संसदको पहिलो दल नेपाली कांग्रेस र दोस्रो नेकपा (एमाले)माथि फागुन २१ गते सम्पन्न चुनावमा ठुलो झड्का लागेको हो ।

    अहिलेसम्म सार्वजनिक मतपरिणाम अनुसार कांग्रेस र एमालेका सभापति र अध्यक्षसहित सबै पदाधिकारी पराजित भएका छन् । कांग्रेस सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता डा. अमरेशकुमार सिंहसँग १२ हजार बढी मतान्तरले पराजित भएका छन् ।

    उता एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली रास्वपाकै वरिष्ठ नेता बालेन्द्र साह (बालेन)सँग करिब ५० हजार मतान्तरले पराजित भएका छन् 

    त्यसैगरी कांग्रेका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे पराजित हुँदा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेलसमेत रास्वपासँगै पराजित भएका छन् ।

    यता नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’मात्र एक्लो जित निकाल्ने शीर्ष नेता बनेका छन् । उनका सहयात्री एवम् नेकपाका सहसंयोजक पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसमेत पराजित भएका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसमेत पराजित हुँदा काठमाडौं उपत्यकामा सधैभर आफ्नो जित निकाल्दै आएको भक्तपुर १ को नेपाल मजदुर पार्टीलेसमेत आफ्नो गढ छोड्नु परेको छ । लगातार संसदमा देखिँदै आएका नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल रास्वपासँगै पराजित भएका छन्।

    निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार रास्वपाले अहिलेसम्म ९९ सिटमा जित निकाल्दा नेपाली कांग्रेसले १४ क्षेत्रमा मात्र जित निकालेको छ । अझै रास्वपा २६ क्षेत्रमा अगाडि छ ।
    तेस्रो स्थानमा रहेको एमालेले सात क्षेत्रमा विजयी हुँदा नेकपाले ६ क्षेत्रमा जित निकालेको छ । २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना निर्वाचित हुनेछन्। प्राप्त मतपरिणाम अनुसार रास्वपाले आरामदायी बहुमत ल्याउने पक्का भएको छ ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend