सर्लाही । प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा पराजय भोगेपछि नेपाली कांग्रेसका नेता गगन थापाले विजयी उम्मेदवार डा। अमरेश सिंहलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले सर्लाही–४ बाट निर्वाचित हुनुभएकोमा डा। अमरेश सिंहलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो।
थापाले आफूलाई माया, विश्वास र मत दिनुहुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको छ। उहाँले निर्वाचन परिणाम जे आए पनि सर्लाही–४ का जनताका समस्याप्रति आफ्नो चासो र जिम्मेवारी यथावत रहने बताउनुभयो।
“यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु,” थापाले भन्नुभएको छ।
थापाले निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण प्रक्रिया बताउँदै जनताको मत र निर्णयलाई सम्मान गर्ने धारणा पनि व्यक्त गर्नुभएको