Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

यो केवल निर्वाचनको हार हो, तिम्रो विचार र भिजनको होइन’ : गगन थापालाई पत्नी अञ्जनाको भावुक सन्देश


२४, फागुन २०८२
  • 143
    SHARES
  • यो केवल निर्वाचनको हार हो, तिम्रो विचार र भिजनको होइन’ : गगन थापालाई पत्नी अञ्जनाको भावुक सन्देश

    ‘काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ को प्रतिनिधिसभा उपनिर्वाचनमा प राजित भएका नेपाली कांग्रेसका नेता गगन थापालाई उनकी पत्नी अञ्जना थापा केसीले भावुक सन्देश दिएकी छन्।

    सामाजिक सञ्जालमार्फत उनले यो हार केवल निर्वाचनको परिणाम मात्र भएको उल्लेख गर्दै गगन थापाको विचार, भिजन र राजनीतिक यात्रालाई कसैले रोक्न नसक्ने विश्वास व्यक्त गरेकी छन्।

    अञ्जना थापाले गगन थापालाई थाक्न नहुने भन्दै यदि उनी थाकिए भने देशको ठूलो सपना पनि थाक्ने उल्लेख गरेकी छन्। उनले गगनको आवाज अब संसदभित्र मात्र सीमित नरही हरेक नेपालीको मनमा न्याय र परिवर्तनको झिल्को बाल्ने शक्ति बन्नुपर्ने बताएकी छन्।

    उनले सन्देशमा लेखेकी छन्, “हिजो तिमी एक्लै थियौ होला, तर आज लाखौँ मनहरूले तिम्रो विचार र भिजनलाई साथ दिएका छन्। विश्राम लेऊ, आफैँलाई फेरि बटुल, तर याद राख, देशलाई तिम्रो आवश्यकता अझ बढेको छ।”

    थापाले गगन थापाको निष्ठा र संघर्षपूर्ण यात्राप्रति आफूलाई सधैं गर्व रहेको उल्लेख गर्दै आगामी दिनमा उनी पुनः उठ्ने विश्वास व्यक्त गरेकी छन्। “तिम्रो निष्ठा र अजेय यात्रामा मलाई सधैं गर्व थियो, छ र रहिरहनेछ।

    तिमी फेरि उठ्नेछौ, किनकि तिमी गगन हौ, जसलाई कुनै सीमाले रोक्न सक्दैन,” उनले लेखेकी छन्। उनको यो सन्देशले अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा साझा हुँदै चर्चा बटुलिरहेको छ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend