Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

निर्वाचन परिणामको एमालेले आत्मसमीक्षा गर्नुपर्छ - डा. कृष्णप्रसाद न्यौपाने


२५, फागुन २०८२
  • 1,057
    SHARES
  • निर्वाचन परिणामको एमालेले आत्मसमीक्षा गर्नुपर्छ - डा. कृष्णप्रसाद न्यौपाने

     बुटवल । नेकपा एमालेका अनुशासन आयोगका सदस्य डा. कृष्णप्रसाद न्यौपानेले हालै सम्पन्न निर्वाचनको परिणामलाई नेपाली जनताको स्पष्ट अभिमत भएको बताएका छन् ।

    उनले लोकतन्त्रको सुन्दरता नै जनताको निर्णयमा निहित रहने उल्लेख गर्दै चुनावमा हार–जीत स्वाभाविक प्रक्रिया भएको धारणा व्यक्त गरेका छन् । डा. न्यौपानेका अनुसार यसपटकको निर्वाचन परिणामलाई अन्तिम सत्यका रूपमा लिनु नहुने र यसबाट प्राप्त अनुभवले भविष्यमा अझ बलियो सफलता हासिल गर्न मद्दत गर्ने बताए ।

    विश्व इतिहासमा पनि यस्ता धेरै उदाहरण रहेको उल्लेख गर्दै उनले राष्ट्रियता, लोकतन्त्र र समृद्धिको यात्रामा आफूहरू दृढताका साथ अघि बढिरहने बताए । उनले जनताप्रतिको जिम्मेवारी र देशप्रतिको प्रतिबद्धता कहिल्यै कमजोर नहुने स्पष्ट पार्दै अहिले देखिएको निर्वाचन परिणामले राजनीतिक दलहरूलाई आत्मसमीक्षा गर्ने अवसर दिएको बताए।

    विशेषगरी नेकपा एमालेले गम्भीर आत्मसमीक्षा गर्दै नेतृत्वको कार्यशैली र कार्यपद्धतिमा सुधार नगरेसम्म नेतृत्वप्रति विश्वास बढ्ने अवस्था नदेखिएको उनको भनाइ छ । “नेतृत्वप्रतिको असन्तुष्टिको परिणाम निर्वाचनमा प्रकट भएको यथार्थतालाई आत्मसात गर्नुको अब विकल्प छैन,” उनले भने।

    लुम्बिनी प्रदेश सभाका पूर्व सदस्य डा. न्यौपानेले निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै सर्वाधिक लोकप्रिय मत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित सबै दलबाट निर्वाचित प्रतिनिधिहरूलाई बधाई दिएका छन् ।

    उनले निर्वाचित उम्मेदवारहरूलाई सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेका छन् । उनले राजनीति लामो यात्रा भएको उल्लेख गर्दै विजय हुनेहरूलाई अहंकार नगर्न र पराजित हुनेहरूलाई निराश नहुन आग्रह गरे ।

    सकारात्मक सोच र सहकार्यका साथ देश निर्माणमा सबै राजनीतिक शक्ति एकताबद्ध हुनुपर्नेमा उनले जोड दिए । “विजयी हुनेहरू न मात्तिन र पराजित हुनेहरू पनि न आतिन । सधैं सकारात्मक रहँदै सहकार्यसहित देश निर्माणमा एकताबद्ध हुन सबैलाई आग्रह गर्दछु,” उनले भने ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend