Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

निर्वाचन परिणाम अपेक्षित भएन, जनमतको सम्मान गर्छु : एमाले अध्यक्ष ओली


२८, फागुन २०८२
  • 90
    SHARES
  • निर्वाचन परिणाम अपेक्षित भएन, जनमतको सम्मान गर्छु : एमाले अध्यक्ष ओली

    काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनको परिणाम आफ्नो अपेक्षाअनुसार नआएको बताएका छन्। निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै उनले लोकतन्त्रमा जनताको फैसला नै अन्तिम हुने र त्यसलाई आफ्नो पार्टीले शिरोधार्य गर्ने उल्लेख गरेका हुन्।

    अध्यक्ष ओलीले निर्वाचनमा एमालेले सोचेजस्तो परिणाम ल्याउन नसकेको स्वीकार गर्दै जनताको मतलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने स्पष्ट पारेका छन्। “लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो,” उनले भनेका छन्।

    कठिन घडीमा पनि सूर्य चिह्नमा मतदान गर्ने मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक र शुभेच्छुकप्रति उनले हार्दिक धन्यवाद व्यक्त गरेका छन्। उनले मतदाताको विश्वास र साथ नै आफ्नो पार्टीको मुख्य शक्ति र ताकत भएको उल्लेख गरेका छन्।

    निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर नभएको ओलीको भनाइ छ। “हामी जनताकै बीचमा रहनेछौँ र जनताकै लागि काम गरिरहनेछौँ,” उनले भनेका छन्, “विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै हामी अघि बढ्नेछौँ।”

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend