Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

नयाँ सरकारको प्राथमिकतामा वातावरण र जलवायु हुनुपर्छ: नेता गुरुङ


२८, फागुन २०८२
  • 103
    SHARES
  • नयाँ सरकारको प्राथमिकतामा वातावरण र जलवायु हुनुपर्छ: नेता गुरुङ

    काठमाडौँ – नेपाली कांग्रेसका नेता कल्याण गुरुङले मुलुकमा अब बन्ने नयाँ सरकारले ‘वातावरण तथा जलवायु परिवर्तन’का विषयलाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ। पृथ्वी, प्रकृति र मानव सभ्यताको रक्षाका लागि तत्काल ठोस नीति र कठोर कानुन कार्यान्वयनको आवश्यकता औंल्याउँदै उहाँले २१ बुँदे सुझाव प्रस्तुत गर्नुभएको हो।

    वातावरण संरक्षणलाई विलासिता नभई अस्तित्वको लडाइँका रूपमा व्याख्या गर्दै नेता गुरुङले वन संरक्षण, नियमित वृक्षारोपण र पानीका स्रोतहरूको संवर्द्धनमा जोड दिनुभएको छ। विशेषगरी सिमसार क्षेत्र, आरक्ष तथा निकुञ्जको संरक्षणसँगै हिमालको हिउँ जोगाउन सरकारले युद्धस्तरमा कार्य गर्नुपर्ने उहाँको धारणा छ।

    “हिमालयमा हिउँ भएन भने पृथ्वीमा जीव र वनस्पतिको सम्भावना न्यून हुन्छ, हिउँ नै जीवनको प्रमुख आधार हो,” उहाँले भन्नुभएको छ, “बढ्दो तापक्रम रोक्न र डढेलो नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्नुपर्छ।”

    नेता गुरुङले प्रस्तुत गर्नुभएको कार्ययोजनामा प्लास्टिकजन्य पदार्थको प्रयोगमा पूर्ण रोक, वायु र ध्वनि प्रदूषण नियन्त्रण, तथा उद्योगहरूबाट निस्कने रसायनलाई नियमन गर्ने विषयहरू समेटिएका छन्। उहाँले सडक तथा राजमार्ग निर्माण गर्दा ‘वन्यजन्तुमैत्री’ पूर्वाधार बनाउन र जलविद्युत् आयोजनाहरूमा खुला नहरको व्यवस्था गर्नुपर्ने माग समेत गर्नुभएको छ।

    फोहोरमैला व्यवस्थापनका लागि हरेक स्थानीय तहमा वैज्ञानिक केन्द्र र हरियाली पार्क निर्माण गर्नुपर्ने सुझाव दिँदै उहाँले भन्नुभएको छ, “नदी र खोलामा सफा पानी बग्ने सुनिश्चितता गरिनुपर्छ, भूमिगत सिँचाइको सट्टा सतही सिँचाइलाई प्रोत्साहन दिनु आवश्यक छ।”

    यस्तै, खाद्यान्न र पशुपालनमा प्रयोग हुने घातक विषादी तथा एन्टिबायोटिक्सको अनियन्त्रित प्रयोगलाई रोक्न कडा कानुन बनाउनुपर्ने उहाँको माग छ। वातावरणीय चेतनाका लागि केन्द्रदेखि स्थानीय तहसम्म अभियान चलाउन र अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरूको पूर्ण पालना गर्न पनि उहाँले नयाँ सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend