Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

समानुपातिकतर्फको सिट बाँडफाँट, कुन दललाई कति ?


२९, फागुन २०८२
  • 101
    SHARES
  • समानुपातिकतर्फको सिट बाँडफाँट, कुन दललाई कति ?

    काठमाण्डौ — निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिक निर्वाचन प्रणालीतर्फको सिट बाँडफाँट गरेको छ । यसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले ९, श्रम संस्कृति पार्टीले ४ र राप्रपाले ४ सिट प्राप्त गरेका छन् ।

    समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १२ लाख ८० हजार  ६ सय १७ मतदान भएकोमा १ करोड ८ लाख ३५ हजार २५ मत सदर भएको आयोगले जनाएको छ । दलहरूले प्राप्त गरेको कुल सदर मत संख्याका आधारमा प्रचलित निर्वाचन कानुनबमोजिम तोकिएको थ्रेस होल्ड (३ प्रतिशत) पार गर्ने ६ दलले पाउने सिट निर्धारण गरिएको हो ।

    आयोगले ३ दिनभित्र उम्मेदवारको नाम छनोट गरी आयोगसमक्ष पेश गर्न हिजो नै दलहरूलाई पत्राचार गरेको जनाएको छ । समानुपातिकतर्फको औपचारिक नतिजा घोषणासँगै प्रतिनिधिसभामा ६ दल हुने निश्चित भएको छ ।

    रास्वपाको प्रत्यक्षतर्फ १ सय २५ र समानुपातिकतर्फ ५७ सहित १ सय ८२ सांसद रहने छन् । त्यस्तै, नेपाली कांग्रेसको प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी ३८ सांसद रहने छन् । नेकपा एमालेको प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ गरी २५ सिट रहनेछ भने नेकपाको प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ ९ गरी १७ सांसद संसद्मा रहने छन् ।

    श्रम संस्कृति पार्टीको प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फ चार गरी सात सांसद तथा राप्रपाबाट प्रत्यक्षतर्फ एक र समानुपातिकतर्फ चार गरी पाँच सांसद रहने छन् ।

    त्यस्तै, प्रतिनिधिसभामा स्वतन्त्र एक सांसद रहने छन् ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend