Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कांग्रेस अनुशासन समितिको उजुरी अध्ययन शुरु, दिनेश थापा मगरलाई सचिवमा नियुक्त


२९, फागुन २०८२
  • 109
    SHARES
  • कांग्रेस अनुशासन समितिको उजुरी अध्ययन शुरु, दिनेश थापा मगरलाई सचिवमा नियुक्त

    काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा सम्पन्न भएको छ ।

    बैठकले पार्टीभित्र अनुशासन कायम राख्ने र संस्थागत प्रक्रियालाई सुदृढ बनाउने उद्देश्यसहित महत्त्वपूर्ण निर्णयहरू गरेको छ । समितिले अनुशासन उल्लंघनसम्बन्धी प्राप्त उजुरीहरूको प्रारम्भिक अध्ययन गर्ने निर्णय गरेको छ भने ती उजुरीहरूलाई व्यवस्थित रूपमा समीक्षा गरी आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छन।

    साथै, नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि-२०८२ को उपदफा (१.१) बमोजिम पार्टी केन्द्रीय कार्यालयका सह-सचिव दिनेश थापा मगरलाई समितिको सचिवमा नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    समितिले पार्टीभित्र अनुशासन कायम राख्दै संस्थागत प्रणालीलाई अझ प्रभावकारी बनाउने दिशामा कदम चालिएको बैठकका निर्णयहरू का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ l

    985073c3-1f88-4ec4-93f7-f42275ca766e.jpg
    undefined

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend