Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

हारको कारणसहित चैत ३ भित्र समीक्षा प्रतिवेदन बुझाउन कांग्रेसको परिपत्र


१, चैत २०८२
  • 71
    SHARES
  • हारको कारणसहित चैत ३ भित्र समीक्षा प्रतिवेदन बुझाउन कांग्रेसको परिपत्र
     

    काठमाडौँ । नेपाली कांग्रेसले भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसारको नतिजा ल्याउन नसकेको भन्दै पराजयका कारणसहितको विस्तृत समीक्षा प्रतिवेदन माग गरेको छ।

    पार्टी केन्द्रीय कार्यालयले सबै प्रदेश, जिल्ला कार्यसमिति र उम्मेदवारहरूलाई परिपत्र गर्दै तत्काल अनुशासन समिति गठन गर्न र हारको कारण खोजेर केन्द्रमा पठाउन निर्देशन दिएको हो।

    महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेलद्वारा हस्ताक्षरित परिपत्रमा फागुन २१ गते सम्पन्न निर्वाचनमा  परिणाम निराशाजनक आएको उल्लेख गर्दै आत्मसमीक्षाको विषय बनाउन आग्रह गरिएको छ । 

    नेपाली कांग्रेसको विधान, २०१७ को धारा ३४ बमोजिम तत्काल जिल्ला र प्रदेश अनुशासन समिति गठन नगरेको भए गठन गरी संयोजक तथा सदस्यहरूको नाम र सम्पर्क नम्बरसहितको आधिकारिक विवरण केन्द्रीय कार्यालयमा पठाउन परिपत्रमा भनिएको छ।

    निर्वाचन परिणामको समीक्षा, पराजयका कारणहरू, अनुभव, सुझाव तथा आगामी दिनमा सुधार गर्नुपर्ने विषयहरू समेटेर प्रदेश, जिल्ला र प्रतिनिधि सभाका उम्मेदवारहरूले आआफ्नो तर्फबाट विस्तृत प्रतिवेदन केन्द्रमा पठाउन आग्रह गरिएको छ ।

    कांग्रेस केन्द्रीय कार्यालयले अनुशासन समितिको विवरण र निर्वाचन समीक्षा प्रतिवेदन आगामी  चैत्र ३ गतेभित्र अनिवार्य रूपमा पठाइसक्न समयसीमा  समेत तोकेको छ। 

    647406872_2375134239640489_5832734909197316795_n

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend