Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

६ वटै दलले समानुपातिकतर्फका सांसदहरुको नाम आयोगमा बुझाए


१, चैत २०८२
  • 132
    SHARES
  • ६ वटै दलले समानुपातिकतर्फका सांसदहरुको नाम आयोगमा बुझाए

    काठमण्डौ – तीन प्रतिशत मतको थ्रेसहोल्ड पार गरेका ६ वटा राजनीतिक दलले समानुपातिकतर्फका सांसदहरुको नाम निर्वाचन आयोगमा बुझाएका छन् । दलहरुले यस अघि बुझाएको बन्दसूचीबाट तोकेको क्लष्टर अनुसारको प्रतिनिधित्वका आधारमा नामावली बुझाएका हुन् ।

    दलहरुले बुझाएको नाम क्लष्टर अनुसार मिलेको भएमा सार्वजनिक गर्ने र नमिलेमा मिलाउनका लागि समय दिने निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । ६ वटा दलमध्ये १६ सिट पाएको नेकपा एमालेले आयोगमा बुझाएका समानुपातिक सांसदहरुको नाम हिजै सार्वजनिक गरिसकेको छ ।

    फागुन २१ गतेको प्रतिनिधि सभा चुनावबाट सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजको सचिवालय बैठकबाट सामानुपातिकतर्फका सांसदको नाम टुङ्गो लगाएको हो । ४८ जना महिला र नौजना पुरुषको नाम बुझाएको र परिचय भने आयोगले नै सार्वजनिक गर्ने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।

    यस्तै समानुपातिकमा २० सिट पाएको नेपाली कांग्रेसले पनि आजै नाम टुङ्गो लगाएको हो । १५ जना महिलासहित २० जनाको नाम निर्वाचन आयोगले नै सार्वजनिक गर्ने कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो ।

    ९ सिट पाएको नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले प्रमेश हमाल, परशुराम तामाङ, भीमकुमार बुढा, प्रेम बयक, जोगकुमार बर्बरिया यादव, पार्वती बिक, गणेश विश्वकर्मा र निराशा चौधरी डगौराको नाम पठाएको छ ।

    ४ सिट पाएको श्रम संस्कृती पार्टीले पूर्णप्रसाद लिम्बू, अम्बिकादेवी सङ्ग्रौला, राधिका रम्तेल र रुवीकुमारी ठाकुरको नाम पठाएको छ । यस्तै ४ सिट पाएको राप्रपाले भरत गिरी, ताहिर अली, खुस्बु ओली र सरस्वती लामाको नाम पठाएको छ ।  

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend