Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

विश्वासको सम्मान गर्दै जिम्मेवारी पूरा गर्ने सांसद श्रद्धा कुँवरको प्रतिबद्धता


३, चैत २०८२
  • 99
    SHARES
  • विश्वासको सम्मान गर्दै जिम्मेवारी पूरा गर्ने सांसद श्रद्धा कुँवरको प्रतिबद्धता

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद श्रद्धा कुँवरले आफूलाई प्रतिनिधि सभा सदस्यको जिम्मेवारीमा पुर्याउने सम्पूर्णप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेकी छिन् ।

    पार्टी नेतृत्व, संगठन पंक्ति र मतदाताले देखाएको विश्वासलाई इमानदारी, निष्ठा र पूर्ण समर्पणका साथ पूरा गर्ने दृढ प्रतिबद्धता उनले जनाएकी छन् । मिसन लुम्बिनी डट कमसंगको कुराकानीमा कुँवरले समाजसँग जोडिएको आफ्नो अनुभवले नीतिगत तहबाटै परिवर्तन सम्भव हुने बोध गराएको बताएकी छन् ।

    “वास्तविक र दिगो परिवर्तनका लागि राजनीति नै महत्वपूर्ण माध्यम हो भन्ने विश्वासका साथ यो यात्रामा अघि बढेकी हुँ,” उनले भनिन् । उनले आफ्नो वैचारिक यात्रामा बी.पी. कोइरालाको विचार र मदन भण्डारीको सिद्धान्तले मार्गदर्शन गरेको पनि स्मरण गरेकी छन् । ती विचारहरूले आफूलाई सत्य, इमानदारी र परिवर्तनको मार्गमा अघि बढ्न निरन्तर प्रेरित गरिरहेको उनको भनाइ छ ।

    सामाजिक अभियानको रुपमा समेत परिचित कुँवरले सामाजिक जीवनदेखि राजनीतिक यात्रासम्मका अनुभव, संघर्ष र सिकाइले आफूलाई अझ जिम्मेवार र संवेदनशील बनाएको उल्लेख गर्दै जनताको माया, विश्वास र साथले यहाँसम्म पुग्न सहयोग गरेको बताएकी छन् ।

    हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाप्रति विश्वास व्यक्त गर्ने सम्पूर्ण मतदाता, विशेषगरी युवा पुस्ताप्रति उनले विशेष कृतज्ञता व्यक्त गरेकी छन् । “देश र जनताको सेवा गर्ने अवसर प्राप्त हुनु मेरो लागि गौरवको विषय हो,” उनले भनेकी छन् ।

    सत्य, निष्ठा र पारदर्शिताको मार्गमा अडिग रहने प्रतिबद्धता जनाउँदै कुँवरले अन्यायविरुद्ध आवाज उठाउने आफ्नो कर्तव्य रहेको स्पष्ट पारेकी छन् ।

    उनले यो उपलब्धि नभई देश र समाजप्रति थप जिम्मेवारी बोकेको नयाँ यात्राको सुरुवात मात्र भएको बताएकी छन् । उनले सम्पूर्णप्रति धन्यवाद ज्ञापन गर्दै जनताको विश्वासलाई केन्द्रमा राखेर काम गर्ने अठोट दोहोर्याएकी छन् ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend