काठमाण्डौ - बार्सिलोना फराकिलो जितसहित च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको खेलमा न्यूक्यासललाई ७–२ गोलले हराउँदै र समग्रमा ८–२ को नतिजासहित बार्सिलोनाले अन्तिम आठमा स्थान बनाएको हो । पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो ।
खेलको सुरुआतमा बार्सिलोनाले आक्रामक प्रदर्शन गर्यो । छैटौं मिनेटमा राफिन्हाले गोल गर्दै अग्रता दिलाए भने १८ औं मिनेटमा मार्क बर्नालले २–० बनाए । तर न्युक्यासलका एन्थोनी एलाङ्गाले १५ र २८ औं मिनेटमा दुई गोल गर्दै खेल बराबरीमा ल्याए ।
पहिलो हाफको इन्जुरी समयमा लामिन यामालले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई ३–२ को अग्रता दिलाए । दोस्रो हाफमा भने बार्सिलोना पूर्ण रूपमा खेलमा हाबी भयो ।
५१ औं मिनेटमा फर्मिन लोपेजले गोल गरे । रोबर्ट लेवान्डोस्कीले ५६ र ६१ औं मिनेटमा लगातार दुई गोल गरे । ७२ औं मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल थप्दै बार्सिलोनाको जितलाई फराकिलो बनाए ।
यस जितसँगै बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।