काठमाण्डाै – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको छ ।
न्यायाधीशहरू सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले गएको माघ २ को निर्णय पनि पेश गर्न आदेश दिएको हो । गएको पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेविरुद्ध कास्की, काठमाण्डौ, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दाहरूमा ‘सङ्गठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ को दाबी कायम नरहने गरी अभियोगपत्र संशोधन गर्ने निर्णय गर्नुभएको थियो ।
तर लगत्तै माघ २ गते लामिछानेसहित अरू सबै आरोपीको हकमा आरोपपत्र संशोधन हुने निर्णय गर्नुभएको थियो । यद्यपि सर्वोच्चमा पुस ३० गतेकाे मात्रै निर्णय पेश भएको भेटिएकाे छ ।
सुवेदी र पाेखरेलकाे इजलासले अर्को सुनुवाइको पेसी चैत ९ गते हेर्न मिल्ने न्यायाधीशको इजलासमा राख्न भनेको छ ।