Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

संघीय संसद्को अधिवेशन आह्वान कार्की सरकारले गर्ने


६, चैत २०८२
  • 122
    SHARES
  • संघीय संसद्को अधिवेशन आह्वान कार्की सरकारले गर्ने

    काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट बनेको संघीय संसद्को पहिलो अधिवेशन वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आह्वान गर्ने भएको छ ।

    संघीय संसद्को पहिलो अधिवेशन आह्वानका लागि कार्कीले शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाएकी छन् । एक मन्त्रीले सङ्घीय संसद्को अधिवेशन आह्वानका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको जानकारी आफूलाई आएको बताए ।

    ‘सङ्घीय संसद्को अधिवेशन आह्वानका लागि मन्त्रिपरिषद् बैठक आज बोलाइएको छ,’ ती मन्त्रीले भने– ‘खासमा संसद्को अधिवेशन आह्वान नयाँ सरकारले गर्नुपर्ने हो तर चैत १६ गते अधिवेशन आह्वान गर्नुपर्ने दलहरूको अडान छ ।

    नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गतेका लागि निश्चित भएको छ । अधिवेशन आह्वान गर्दा ७ दिनको समय राखेर गर्नुपर्छ । त्यसैले यो सरकारले अधिवेशन आह्वान गर्नुपर्ने बाध्यता आइलाग्यो ।’

    ती मन्त्रीले चैत १६ गतेका लागि अधिवेशन आह्वान गरिने जानकारी दिए । यसअघि अन्तरिम सरकारले अधिवेशन आह्वान गर्ने कि नयाँ सरकारले अधिवेशन आह्वान गर्ने भन्नेमा अन्योल थियो ।

    सरकारका तर्फबाट अनौपचारिक रूपमा चैत १६ गतेका लागि अधिवेशन आह्वान हुने भएकाले तयारी गर्न भन्दै सङ्घीय संसद् सचिवालयलाई जानकारी गराइएको सचिवालयका एक पदाधिकारीले जानकारी दिए ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend