Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

हार-जीत स्वाभाविक, पुरस्कार बहिष्कार गर्ने दुई विद्यालयमाथि कारबाहीको निर्देशन


६, चैत २०८२
  • 143
    SHARES
  • हार-जीत स्वाभाविक, पुरस्कार बहिष्कार गर्ने दुई विद्यालयमाथि कारबाहीको निर्देशन

    कपिलवस्तु l कपिलवस्तु नगरपालिकामा आयोजित आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पुरस्कार वितरण समारोहमा उत्पन्न विवादले नयाँ मोड लिएको छ।

    कार्यक्रम बहिष्कार गर्ने दुई विद्यालयमाथि अनुशासनात्मक कारबाही गर्न नगर प्रमुख सुदीप पौडेलले निर्देशन दिएका छन्। तौलिहवास्थित बुद्धपद माध्यमिक विद्यालयको खेल मैदानमा चैत १ गतेदेखि ४ गतेसम्म सञ्चालन भएको प्रतियोगिताको अन्तिम दिन बिहीबार पुरस्कार वितरण समारोहअघि विवाद चर्किएको थियो।

    कनकमुनी माध्यमिक विद्यालय र बुद्धपद माध्यमिक विद्यालयका खेलाडीहरू समारोहमा अनुपस्थित भई बहिष्कार गरेपछि परिस्थिति तनावपूर्ण बनेको थियो। विवादको जरो भने कनकमुनी माविका दुई खेलाडी विद्यालय बाहिरका भएको दाबीमा केन्द्रित थियो। बुद्धपद माविका खेल शिक्षक तथा खेलाडीहरूले उक्त विषयमा मौखिक उजुरी गरेपछि करिब एक घण्टाभन्दा बढी समयसम्म पुरस्कार वितरण कार्यक्रम अवरुद्ध भएको थियो।

    विवाद समाधान नहुँदै दुवै विद्यालयका प्रतिनिधिहरू समारोह बहिष्कार गर्दै फर्किएका थिए। यसैबीच आयोजक कपिलवस्तु नगरपालिकाले घटनाबारे अध्ययन गरी कनकमुनी माविका खेलाडीहरू आधिकारिक रहेको लिखित निर्णय सार्वजनिक गरेको जनाएको छ।

    प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै कनकमुनी माविले १५ स्वर्ण, ५ रजत र ३ कास्य पदकसहित प्रथम स्थान हासिल गरेको थियो। राष्ट्रिय मावि बिकुली ३ स्वर्ण, ४ रजत र १० कास्यसहित दोस्रो तथा शीतला बक्स मावि ३ स्वर्णसहित तेस्रो स्थानमा रहे। बुद्धपद मावि २ स्वर्ण, ११ रजत र ४ कास्यसहित चौथो स्थानमा सीमित भएको थियो।

    a3739754-44c0-4477-a9f2-6a01b27004ac.jpg

    पुरस्कार वितरण समारोहमा दोस्रो हुने राष्ट्रिय मावि बिकुलीलाई नगद २० हजार रुपैयाँसहित उपविजेता कप तथा तेस्रो हुने शीतला बक्स माविलाई नगद १५ हजार रुपैयाँसहित कप प्रदान गरिएको थियो। समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख पौडेलले खेलकुदमा जित–हार स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै अनुशासन उल्लंघन अस्वीकार्य हुने बताए।

    उनले विवादका कारण समारोह बहिष्कार गर्नु दुःखद भएको टिप्पणी गर्दै यस्ता गतिविधिमा संलग्न विद्यालयलाई आवश्यक कारबाही गरिने र पुरस्कारसमेत रोक्न सकिने चेतावनी दिए।

    कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष जाहिद खाँ, वडा नम्बर २ का अध्यक्ष प्रकाश गैरे, वडा नम्बर ४ का अध्यक्ष रविन्द्र प्रसाद तिवारी, वडा नम्बर ५ का अध्यक्ष दिरेप चौधरी, तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मी लगायतको उपस्थिति रहेको थियो। नगरपालिकाका सामाजिक विकास अधिकृत तथा कार्यक्रम संयोजक पदमराज श्रेष्ठका अनुसार प्रतियोगितामा १८ वटा विद्यालयका खेलाडीहरूको सहभागिता रहेको थियो।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend