Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

युद्धका तस्बिर र भिडियो पोस्ट नगर्न आग्रह


७, चैत २०८२
  • 107
    SHARES
  • युद्धका तस्बिर र भिडियो पोस्ट नगर्न आग्रह

    काठमाण्डौ - युद्धको समयमा ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा यूएईमा अहिलेसम्म एकसय जनाभन्दा धेरै व्यक्ति पक्राउ परेका छन् ।

    मध्यपूर्व युद्धको समयमा भिडियो खिचेको र गलत सूचना पोष्ट गरेको आरोपमा उनीहलाई पक्राउ गरिएको यूएईको अबुधाबी प्रहरीले जनाएको छ ।

    इरानमा अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि मध्यपूर्वमा चर्किएको युद्धबारे यूएईसहित खाडीका देशहरूले आक्रमणसँग सम्बन्धित फुटेज र पोष्टहरूमा कडाइ गरिरहेका छन् । यूएईले यसअघि सूचनामार्फत् नै आक्रमणसँग सम्बन्धित फुटेज वा सामग्री सार्वजनिक नगर्न अनुरोध गरेको थियो ।

    अबुधाबी प्रहरीले इरानी आक्रमणस्थल र घटनाको भिडियो खिचेको र सामाजिक सञ्जालमार्फत गलत जानकारी प्रसारित गरेका विभिन्न देशका १०९ व्यक्तिलाई पक्राउ गरेको घोषणा गरेको समाचार संस्था एएफपीले जनाएको छ । यस्ता कार्यहरूले भड्काउ र अफवाह फैलने भन्दै गलत पोष्ट नगर्न सूचित गरिएको छ ।

    कतारमा अधिकारीहरूले पनि युद्धको समयमा ‘भ्रामक सूचना’ र तस्बिरहरू साझा गरेको आरोपमा केही व्यक्तिलाई पक्राउ गरेको जनाएका छन् । बहराइन र कुवेतले पनि यस्तै कदम चालेका छन् ।

    अमेरिका–इजरायलबाट भएको आक्रमणको जवाफमा इरानले गरेको अमेरिकी सैन्य अखडालक्षित प्रतिआक्रमणबाट विशेषगरी खाडीका क्षेत्र प्रभावित बनेका छन् ।

    यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानसँग युद्ध अन्त्य गर्ने विचार गरिरहेको, तर अन्य देशहरूले होर्मुज मार्गको सुरक्षा गर्नुपर्नेमा जोड दिएको बीबीसीले जनाएको छ ।

    अमेरिका–इजरायल र इरानबीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरेको छ ।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend