Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

निर्वाचनले लोकतन्त्र सुदृढीकरणको नयाँ ढोका खोलेको छ : प्रधानमन्त्री


११, चैत २०८२
  • 87
    SHARES
  • निर्वाचनले लोकतन्त्र सुदृढीकरणको नयाँ ढोका खोलेको छ : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनले मुलुकमा संवैधानिक प्रणालीको जगेर्ना गर्दै लोकतान्त्रिक मूल्य–मान्यता सुदृढ बनाउन नयाँ अध्यायको ढोका खोलेको बताएकी छन् । 

    निर्वाचन आयोगले बुधबार आयोजना गरेको जलपान समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले कठिन र चुनौतीपूर्ण परिस्थितिका बाबजुद तोकिएकै समयमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनुलाई ऐतिहासिक उपलब्धिको रूपमा चित्रण गरिन् । 

    गत भदौमा भएको ‘जेनजी विद्रोह’ पछिको जटिल सुरक्षा अवस्था र राजनीतिक संवादहीनताका बिच सरकारले निर्वाचन गराउने मुख्य जिम्मेवारी सफलतापूर्वक पूरा गरेको प्रधानमन्त्रीको भनाइ छ । 

    ‘हामीले जिम्मेवारी लिँदा देशमा एक प्रकारको कानुनी र राजनीतिक शून्यता थियो, तर ६ महिनाभित्रै निर्वाचन सम्पन्न गरेर देशलाई पुनः संविधान र लोकतन्त्रको मार्गमा ल्याउन हामी सफल भयौँ’, प्रधानमन्त्रीले बताइन् । 

    समारोहमा प्रधानमन्त्री कार्कीले निर्वाचन सफल पार्न सहयोग गर्ने सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल, सञ्चारकर्मी र अन्तर्राष्ट्रिय समुदायप्रति आभार व्यक्त गर्दै नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै आम मतदाताले स्थिर सरकार र सुशासनका लागि स्पष्ट जनादेश दिएकाले अबको बाटो समृद्धिको हुने विश्वास व्यक्त गरिन् । 

    कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा आयोगले प्रदर्शन गरेको व्यावसायिक दक्षताको प्रशंसा गरे । कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, विभिन्न संवैधानिक निकायका प्रमुखहरू र कूटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend