Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

निष्पक्ष रूपमा सभामुखको कार्यसम्पादन गर्छु : अर्जुननरसिंह केसी


११, चैत २०८२
  • 112
    SHARES
  • निष्पक्ष रूपमा सभामुखको कार्यसम्पादन गर्छु : अर्जुननरसिंह केसी

    काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र आकांक्षालाई संसद् र सरकारले सम्बोधन गर्न सक्नुपर्नेमा जोड दिएका छन् ।

    आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग केसीले पद तथा गोपनीयताको शपथ लिए । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पदबहालीपछि प्रतिक्रिया दिँदै केसीले मुलुकको समग्र हितका पक्ष-प्रतिपक्ष समेटेर गहन दायित्व पूरा गर्ने जिम्मेवारी सबैको भएको बताए ।

    ‘हामी सबैको साझा सत्रु भनेको गरिबी, रोग, भोक र कुशासन हो, त्यसका लागि संसद्ले प्रभावकारी भूमिका खेल्नुपर्छ, २०१५ सालपछि जनताबाट प्राप्त उत्साह सहितको असीमित जनादेश छ, त्यसलाई रक्षा गर्नु संसद् र सरकारको कर्तव्य हो,’ उनले भने, ‘म निष्पक्ष र पारदर्शीरूपले सभामुखको कार्यसम्पादन गर्ने छु, प्रत्येक सभामुखको कुर्सीमा रहेपछि देशको संविधान, संसद्को नियमावली, संसदीय अभ्यास सहितका आधारमा ‘रुलिङ’ गर्नुपर्ने हुन्छ, म हरेक सांसदको विशेषाधिकारको रक्षकका रूपमा काम गर्ने छु ।’

    २१ फागुन सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि नयाँ सरकार गठन र संसद्को अधिवेशन आह्वान गर्ने तयारी भइरहेका बेला ज्येष्ठ सदस्यले सभामुखको हैसियतमा जिम्मेवारी पाएका हुन् ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend