Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

कांग्रेसमा ‘अकेला चलो’ ले सफलता नदिने डा.पोखरेलको दाबी: सहमति र सहकार्य अपरिहार्य


११, चैत २०८२
  • 95
    SHARES
  • कांग्रेसमा ‘अकेला चलो’ ले सफलता नदिने डा.पोखरेलको दाबी: सहमति र सहकार्य अपरिहार्य

    काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व शैली र एकताको विषय फेरि बहसमा आएको छ।

    कांग्रेसका नेता गोविन्दराज पोखरेलले पार्टीको इतिहास स्मरण गराउँदै “अकेला चलो” रणनीतिबाट कहिल्यै दीर्घकालीन सफलता हासिल हुन नसकेको टिप्पणी गरेका छन्।

    सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले २१औँ शताब्दीमा प्रविधि, एल्गोरिदम र युवाको आवेगले राजनीतिक प्रवृत्तिमा परिवर्तन ल्याउन सक्ने सम्भावना औंल्याए पनि कांग्रेसको ऐतिहासिक अनुभवले एकल नेतृत्वभन्दा सामूहिक निर्णयलाई नै प्रभावकारी देखाएको उल्लेख गरेका छन्।

    उनले बीपी कोइरालाले असहमतिका बाबजुद अघि बढाएको सशस्त्र क्रान्ति अपेक्षित सफलता हासिल गर्न नसकेको, २०५१ सालमा गिरिजाप्रसाद कोइरालाले गरेको मध्यावधि निर्वाचनले देशलाई अस्थिरतामा धकेलेको तथा शेरबहादुर देउवाले पार्टी फुटाएर अघि बढाएको प्रयास पनि टिक्न नसकेको उदाहरण प्रस्तुत गरेका छन्।

    त्यस्तै, “म नै बलियो” भन्ने सोचले पार्टीलाई एकताबद्ध गर्न नसक्दा कांग्रेसले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको उनको भनाइ छ। पोखरेलका अनुसार नेपाली कांग्रेसमा जो नेतृत्वमा रहे पनि संवाद, सहमति र सहकार्य नै सफलताको आधार हुन्।

    “लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिलाई सशक्त बनाउने हो भने यही मार्ग सबैभन्दा उपयुक्त हो,” उनले भनेका छन्। उनको अभिव्यक्तिले कांग्रेसभित्र आन्तरिक एकता, नेतृत्व शैली र भावी रणनीतिबारे पुनः बहसलाई तातेको छ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend