Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

विश्वका नेपाली मूललाई नेपालसँग जोड्ने पहल गर्ने सभापति थापाको प्रतिबद्धता


१२, चैत २०८२
  • 142
    SHARES
  • विश्वका नेपाली मूललाई नेपालसँग जोड्ने पहल गर्ने सभापति थापाको प्रतिबद्धता

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विश्वभर बसोबास गर्ने नेपाली मूलका नागरिकलाई नेपालसँग थप सुदृढ रूपमा जोड्न पार्टीले पहल गर्ने बताएका छन् ।

    एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) को प्रतिनिधिमण्डलसँग बिहीबार साँझ भएको भेटमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । भेटका क्रममा थापाले नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणापत्रमा समेत नेपाली मूलका नागरिकलाई समेट्ने प्रयास गरेको उल्लेख गर्दै विदेशमा रहेका नेपालीहरूको क्षमता, सीप र अनुभवलाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्ने धारणा राखे ।

    एएनओका अध्यक्ष डिल्ली अधिकारीले नेपालको विकास र समृद्धिका लागि नेपाली मूलका व्यक्तिहरूबाट लगानी आकर्षित गर्न ‘नेपाली मूलमैत्री’ कानुन निर्माण गर्नुपर्नेमा जोड दिए। उनले नेपाली संस्कृति र पहिचानमार्फत विश्वभर छरिएका नेपालीहरूलाई एकताबद्ध गर्ने अभियानमा एएनओ सक्रिय रहेको जानकारी दिए।

    उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले नेपाली पहिचानमार्फत विश्वभरका नेपाली मनहरू जोड्न सरकार र राजनीतिक दलहरूले ठोस कार्यक्रम ल्याउनुपर्ने बताए।

    महासचिव चूडामणि भट्टराईले हालको गैरआवासीय नेपालीसम्बन्धी व्यवस्थाले सबै नेपाली मूलका व्यक्तिहरूलाई समेट्न नसकेको उल्लेख गर्दै उनीहरूको बौद्धिक, आर्थिक र सामाजिक क्षमतालाई नेपालसँग जोड्नु अहिलेको आवश्यकता रहेको बताए। उक्त छलफलमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी र नेपाल लोकतान्त्रिक अपांग महासंघका अध्यक्ष माधव चम्लागाईंको पनि सहभागिता रहेको थियो।

    बैठकमा एएनओले विश्वका विभिन्न क्षेत्रमा जारी द्वन्द्वका कारण त्यहाँ रहेका नेपालीहरू असुरक्षित अवस्थामा रहेको उल्लेख गर्दै उनीहरूको सुरक्षा र उद्धारका लागि पहल गर्न कांग्रेसलाई ध्यानाकर्षण गराएको छ।

    विशेषगरी रुस–युक्रेन युद्धमा दुबै पक्षका सेनामा भर्ती भएका नेपालीहरूको पहिचान गरी स्वदेश फर्काउन कूटनीतिक पहल आवश्यक रहेकोमा जोड दिइएको छ।

    एएनओले सभापति थापालाई बुझाएको ध्यानाकर्षण पत्रमार्फत विदेशमा रहेका लाखौं नेपालीहरूको सुरक्षा, उद्धार र रोजगारी व्यवस्थापनका विषयमा सशक्त आवाज उठाउन आग्रह गरेको छ।

    एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) विश्वभर छरिएका नेपाली मूलका नागरिकहरूको साझा अभियानका रूपमा स्थापित भएको संस्था हो।

    सन् २०२४ मार्चमा थाइल्याण्डको बैंककमा २७ देशका प्रतिनिधिहरूको भेलाबाट डिल्लीराम अधिकारीको अध्यक्षतामा केन्द्रीय समिति गठन गरिएको थियो भने हालसम्म ७ देशमा राष्ट्रिय समितिहरू गठन भइसकेका छन्।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend