Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै, मन्त्रीहरुको नाममा छलफल चल्दै


१३, चैत २०८२
  • 83
    SHARES
  • बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै, मन्त्रीहरुको नाममा छलफल चल्दै

    काठमाण्डौ : देशले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ ।

    राष्ट्रपति कार्यालय शीतलनिवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय भएको छ । त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ । 

    नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो । राष्ट्रपति कार्यालयमा आज दिउँसो १२ बजेर ३४ मिनेटको साइतमा शाहले प्रधानमन्त्रीको शपथ लिने तयारी गर्नुभएको छ । 

    शपथग्रहण कार्यक्रममा ७ वटा शंखबाट शंखनाद, १०८ बटुकबाट स्वस्ति शान्ति वाचन र १६ बौद्ध भिक्षुबाट अष्टमंगल पाठको व्यवस्था गराउन रास्वपाले राष्ट्रपति कार्यालयलाई आग्रह गरेको छ । शपथग्रहणपछि शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा करिब २:१५ बजे पदभार ग्रहण गर्ने तय भएको रास्वपाले जनाएको छ । 

    प्रतिनिधिसभा चुनावमा झापा ५ बाट निर्वाचित ३६ वर्षीय शाहले झण्डै दुईतिहाई बहुमतको सरकारको नेतृत्व गर्दै हुनुहुन्छ । रास्वपाले हिजो उहाँलाई संसदीय दलको नेता चयन गरेको छ । प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराउने तयारी छ । 

    रास्वपाले प्रधानमन्त्रीसहित १६ सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी गरेको छ । मन्त्रीहरूको नाममा भने छलफल भइरहेको रास्वपा नेताहरुले बताएका छन् । मन्त्री बन्ने सूचीमा स्वर्णिम वाग्ले, शिशिर खनाल, सोबिता गौतम, इन्दिरा राना, सुनील लम्साल, सस्मित पोखरेल, सुधन गुरुङ लगायतको नाम चर्चामा छ । 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend