Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

पक्राउपछि पूर्वगृहमन्त्री लेखकले भने- राजनीतिक र कानुनी लडाइँ लड्न तयार छु


१४, चैत २०८२
  • 122
    SHARES
  • पक्राउपछि पूर्वगृहमन्त्री लेखकले भने- राजनीतिक र कानुनी लडाइँ लड्न तयार छु

    काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले प्रतिशाेध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरेकाे भन्दै त्यसकाे राजनीतिक र कानुनी लडाइँ लड्ने बताएका छन्।

    शनिबार बिहान भक्तपुरकाे कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेपछि लेखकले यस्ताे बताएका हुन्।

    उनले भने, ‘राजनीतिक पूर्वाग्रह र प्रतिशाेध पूर्ण ढंगले मलाई पक्राउ गरेकाे छ। यसकाे राजनीतिक र कानुनी लडाइँ लड्न तयार छु।’ मन्त्रिपरिषदकाे निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास थालेर कानुनको मजाक उडाइएकाे लेखकले बताए। ‘क्याविनेटबाट निर्णय गरेर पक्राउ गरिएको छ। यस्ताे कहिले हुँदैन संसारमा,’ उनले भने।

    पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण भएको बताएका छन् ।

    तर गृहमन्त्री सुधन गुरुङले कानूनभन्दा माथि कोही नहुने बताएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि स्टाटस लेख्दै उनले यो प्रतिसोध नभइ न्यायको सुरुवात भएको बताएका छन् ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend