काठमाडौं l नेपाली कांग्रेसबाट प्रतिनिधि सभा तथा राष्ट्रिय सभामा नव निर्वाचित सदस्यहरूका लागि संसदीय सचेतना कार्यक्रम नेपाली कांग्रेस केन्द्रीय कार्यालयम सुरु भएको छ ।
पार्टी सभापति गगनकुमार थापाको प्रमुख आतिथ्यतामा सञ्चालन भएको उक्त कार्यक्रममा उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीहरू, सहमहामन्त्रीहरू तथा अन्य शीर्ष नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममार्फत नव निर्वाचित सांसदहरूलाई संसदीय अभ्यास, विधायिकी प्रक्रिया, जनप्रतिनिधिको भूमिका तथा जिम्मेवारीबारे अभिमुखीकरण गरिने बताइएको छ ।
साथै लोकतान्त्रिक मूल्य-मान्यता, सुशासन र जनउत्तरदायित्वप्रति प्रतिबद्ध रहँदै प्रभावकारी भूमिका निर्वाह गर्न नेतृत्वले सुझाव दिएको छ ।
नेपाली कांग्रेसले नयाँ सांसदहरूलाई सक्षम, उत्तरदायी र परिणाममुखी बनाउन यस्ता कार्यक्रमहरू महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ ।
