Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ


१६, चैत २०८२
  • 71
    SHARES
  • लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

    काठमाडौं । बालश्रम र बालअधिकार उल्लंघनको आरोपमा लुम्बिनी प्रदेशसभा सदस्य तथा नेकपा (एमाले)बाट निर्वाचित रेखा शर्मा पक्राउ परेकी छन्।

    उनलाई आइतबार मध्यराति काठमाडौंको धुम्बराहीस्थित निवासबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।

    प्रहरीका अनुसार शर्मामाथि एक नाबालिकालाई घरेलु कामदारका रूपमा राखी बालबालिकाविरुद्धको कसुर गरेको आरोप लागेको छ। यस प्रकरणमा यसअघि नै काठमाडौं महानगरपालिकाले उनको घरबाट एक बालिकाको उद्धार गरेको थियो।

    तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले २०८१ माघ २९ गते सामाजिक सञ्जालमार्फत उक्त घटनाबारे प्रतिक्रिया दिँदै पीडित बालिकालाई ‘नआत्तिनू, समय आउनेछ’ भन्दै हौसला दिएका थिए।

    साथै उनले बालबालिकामाथि हुने विभेद र अपराध अन्त्यका लागि शिक्षा र सामाजिक चेतनाको खाँचो औंल्याएका थिए। प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त भएसँगै उक्त प्रकरण पुनः सक्रिय बनेको र त्यसकै क्रममा शर्मालाई पक्राउ गरिएको स्रोतले जनाएको छ।

    यद्यपि, उनलाई पक्राउ पुर्जीबिना नै मध्यरातमा नियन्त्रणमा लिइएको दाबी पनि सार्वजनिक भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने कानुनी प्रक्रिया र मानवअधिकारको पालना विषयमा समेत चासो व्यक्त हुन थालेको छ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend